मोरङ र सुनसरीबाट लागुऔषध सहित पांच जना पक्राउ

बिराटनगर, फागुन ०३ गते । मोरङ र सुनसरीबाट लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

फागुन ०२ गते लागुऔषध बेचबिखान भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट इनरुवा नगरपालिका-१ स्थितमा खटिएको प्रहरी टोलीले देश भारत अररियाका ३३ बर्षीय कपिल मेहता र २८ बर्षीय पंकज कुमार पासवानलाई चेकजाँच गर्दा उनिहरुको साथबाट १०३ ग्राम ६९ मिलिग्राम ब्राउन सुगर फेला पारी बेचबिखानमा प्रयोग भएका BR38AK0211 नम्बरको भारतिय मोटरसाईकल सहित नियन्त्रणमा लिएको हो ।

त्यसैगरी इलाका प्रहरी कार्यालय मधुमल्ला मोरङबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा मिक्लाजुङ गाउँपालिका-९ स्थितबाट मिक्लाजुङ-३ का २० बर्षीय पवन विश्चकर्मा र १८ बर्षीय जीवन धमलालाई प्रतिबन्धित औषधी ट्रमाडोल र स्पासपेन गरी जम्मा १४ सय क्याप्सुल र को. ४ प ४९०१ नम्बरको मोटरसाईकल नियन्त्रणमा लिएको हो भने उर्लाबारी नगरपालिका-१ बाट ट्रमाडोल र स्पासपेन गरी जम्मा ३ सय ८० क्याप्सुल औषधी सहित मिक्लाजुङ गाउँपालिका-६ घर भई हाल उर्लाबारी-१ बस्दै आएका २० बर्षीय समिर राईलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।