कार्यसम्पादन मूल्याङ्कनमा विराटनगर महानगर दोस्रो

विराटनगर । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनमा महानगरतर्फ विराटनगर महानगरपालिका दोस्रो भएको छ ।

६ वटा महानगरपालिकामध्ये विराटनगरले ७३ दशमलव ५ प्रतिशत अंकका साथ दोस्रो भएको हो । आयोगले विभिन्न १७ वटा सूचकहरूको आधारमा मूल्याङ्कन गर्छ ।

ती सूचकहरूमध्ये पालिकाले समयमै सभामा बजेट पेश गरे÷नगरेको, पारित गरे÷नगरेको, खर्च अवस्था, बेरुजु, लेखा परीक्षणले औँल्याएको बेरुजु, स्थानीय सञ्चित कोष व्यवस्था प्रणालीको प्रयोग, आवधिक योजना गरे÷नगरेको, राजस्वको विभाजन गरे÷नगरेकोलगायत पर्छन् । आयोगका अनुसार भरतपुर महानगरले ७६ दशमलव २ प्रतिशत अंक ल्याएर पहिलो हुँदा वीरगञ्ज महानगरले ४३ दशमलव १ प्रतिशत अंक प्राप्त गरेर छैटौं अर्थात् अन्तिम भएको छ ।

तेस्रो हुने ललितपुर महानगरले ६६ दशमलव ७ प्रतिशत, चौथो हुने काठमाडौं महानगरले ५४ दशमलव ३ प्रतिशत र पाँचौं हुने पोखरा महानगरले ५१ दशमलव ५ प्रतिशत अंक प्राप्त गरेका छन् । यो आर्थिक वर्षसहित भरतपुर महानगर लगातार तेस्रो वर्षसम्म पहिलो भएको हो ।
कार्यसम्पादन मूल्याङ्कनमा विराटनगर दोस्रो हुनुले महानगरका लागि खुसी र गौरवको क्षण भएको मेयर नागेश कोइरालाले प्रतिक्रिया दिनुभयो ।

विराटनगरभन्दा स्रोत साधनले अब्बल महानगरहरुलाई उछिन्नु नै खुसीको क्षण भएको उहाँको भनाइ थियो । ‘यस अवसरमा सम्पूर्ण जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, महाशाखा तथा शाखा प्रमुख, कर्मचारी, पत्रकार, नागरिक समाजसहित विराटनगरबासीमा हार्दिक धन्यवादसहित बधाई ज्ञापन गर्दछु,’ मेयर कोइरालाले भन्नुभयो, ‘अबको लक्ष्य पहिलो हुने हो । त्यसका लागि आजैदेखि सबैले आ–आफ्नो स्थानबाट काम गरौं भन्ने आग्रह पनि गर्दछु ।’

विराटनगर महानगर बेरुजु फछ्र्यौटमा पनि उत्कृष्ट हुँदै गएको छ । गत आर्थिक वर्ष मोरङका १७ पालिकामध्ये सबैभन्दा कम बेरुजु कामय भएको महानगर भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।