नेपाल शिक्षक संघ ललितपुर महानगरको छैठौं सभा सम्पन्न

काठमाडौं । नेपाल शिक्षक संघ ललितपुर महानगरको छैठौं सभा विविध कार्यक्रमका साथ सम्पन्न भएको छ। नेपाल शिक्षक संघ केन्द्रीय पूर्वउपाध्यक्ष एवं नेपाली कांग्रेस ललितपुर जिल्ला कार्यसमिति उपसभापति सुदर्शन घिमिरेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

नेपाल शिक्षक संघ ललितपुर महानगरपालिका स्थानीय कार्यसमितिको तर्फबाट महानगर अध्यक्ष उद्धव तिमल्सिनाले वार्षिक प्रतिवेदन पेस गरेका थिए।

प्रमुख अतिथि घिमिरेले कार्यक्रममा आफ्नो धारणा राख्दै शिक्षक संघ बलियो भए मात्रै कांग्रेस बलियो हुन सक्ने बताएका थिए। ‘शिक्षक संघ बलियो बनाउन तपाईंहरूको सक्रियता महत्त्वपूर्ण छ। यसलाई थप गति दिनुहोला। पार्टीले तपाईंहरूलाई सम्पूर्ण रुपमा सहयोग गर्ने छ,’ उनले भने।

कांग्रेसको क्रियाशील सदस्य शिक्षकहरू बन्न नपाउने भन्ने बहसको आफू विपक्षमा रहेको उनले बताएका थिए। शिक्षकले कांग्रेस जोगाएका कारण क्रियाशील सदस्यता लिन पाउनु पर्ने उनको धारणा थियो। त्यसका लागि आफूले सम्बन्धित निकायमा लविङ गर्ने उनको भनाइ थियो।

यस्तै कार्यक्रममा आफ्नो धारणा राख्दै विशिष्ट अतिथि ललितपुर महानगरपालिका शिक्षा महाशाखा प्रमुख देवीप्रसाद उपाध्यायले शिक्षक समयसँगै अपडेट हुन सक्नुपर्ने धारणा राखेका थिए। त्यस्तो हुन सके मात्र गुणस्तरीय शिक्षा अभिवृद्धि गर्न सकिनेमा उनको जोड थियो।

शिक्षक महासंघ ललितपुरका पूर्वअध्यक्ष लोकबहादुर खड्काले शिक्षकहरूको एकता गर्न सक्ने एउटा मात्रै संगठन शिक्षक संघ भएको धारणा राखेका थिए। उनले शिक्षक संघमा एकतावद्ध भएर अगाडि बढ्न र गुणस्तरीय शिक्षा दिन सबै शिक्षकलाई आग्रह गरेका थिए। उनी ललितपुर महानगरपालिकाका शिक्षा सल्लाहकारसमेत हुन्।

शिक्षक संघ ललितपुर जिल्ला कार्यसमिति अध्यक्ष सुरेशप्रसाद घिमिरेले हिउँदे अधिवेशनबाट शिक्षा ऐन जारी हुनुपर्ने धारणा राखेका थिए। त्यस्तो हुन नसके शिक्षकले निर्णायक आन्दोलनमा उत्रिनुपर्ने उनको चेतावनी छ।

‘स्थानीय तहदेखि केन्द्रसम्मै धर्नालगायत राज्यलाई असहयोगको आन्दोलन गरेर भए पनि शिक्षा र शिक्षकका समस्या समाधानमा राज्यलाई दवाव दिन आवश्यक छ। एसईईको कापी परीक्षण रोकेर भए पनि आन्दोलनमा जान पर्ने हुनसक्छ,’ उनले भने। उनले शिक्षकसँग भएका ३१ र ५१ बुँदे सहमति राज्यले तत्काल कार्यान्वयन गर्नुपर्ने धारणा राखेका थिए।

कार्यक्रमको सञ्चालन शिक्षक संघ नगर सदस्य मिथिला दाहालले गरेकी थिइन्। नगरसभापति तिमल्सिनाले कार्यक्रम सफलताका लागि सबैको सहयोग प्राप्त भएको भन्दै खुसी व्यक्त गरेका थिए।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।