पाथीभरा केबलकारको पक्षमा स्ट्याटस लेखेको भन्दै धरानमा माबोलाई यसरी दलियो कालोमोसो

सुनसरी । पाथीभरा केबलकारको पक्षमा स्ट्याटस लेखेको भन्दै धरानमा एक व्यक्तिलाई कोलोमोसो दलिएको छ। पाथीभरामा केबलकार निर्माण गर्नु राम्रो भनेर स्ट्याटस लेखेका पदम चेन्जी मावोलाई केबलकारको विरोधमा रहेका व्यक्तिहरूले कालो मोसो दलेका हुन्।

याक्थुङ्ग चुम्लुङ केन्द्रीय कार्यसमितिले आयोजना गरेको पत्रकार सम्मेलनमा पुगेर नो केबलकार समूहले चेन्जीलाई कालो मोसो दलेर दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार याक्थुङ्ग चुम्लुङको फागुन १ गतेदेखि धरानमा भएको महाधिवेशनका बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा नै कालो मोसो दलिएको हो।

दुर्व्यवहार भएको स्थलमा जसपा धरानका उपाध्यक्ष सुमन चेम्जोंग, अमर इजमलगायतका नेताहरू पुगेका थिए। पत्रकार सम्मेलन स्थलमा पुगेर मावोमाथि लिम्बूको वंश गद्दार भएको नारा लगाउँदै केही व्यक्तिहरूले नारा लगाउँदै हातपात भएको स्थानीयले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सुमन तिमल्सिनाले ३ जनाले होहल्ला गरेर कालो मोसो दलेको भन्ने जानकारीमा आएको बताए।

मावोलाई प्रहरी सुरक्षामा राखिएको उनको भनाइ छ। उनले इलाका प्रहरी कार्यालय धरानमा कालो मोसो दल्नेविरुद्ध जाहेरी दिएको एसपी तिमल्सिनाले बताए। घटनाको बारेमा थप अनुसन्धान भइरहेकोले दुर्व्यवहार गर्ने व्यक्तिहरूको खोजी भइरहेको उनको भनाइ छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।