मानव बेचबिखन मुद्दामा सर्वाधिक खोजीमा रहेका व्यक्ति ६ वर्षपछि पक्राउ

काठमाडौं – मानव बेचबिखन तथा ओसारपसार मुद्दामा फरार रहेका एक व्यक्ति ६ वर्षपछि पक्राउ परेका छन्।

पक्राउ पर्नेमा दाङ तुलसीपुर उपमहानगरपालिका-१ का ४७ वर्षीय कमलकुमार न्यौपाने रहेका छन्। उनलाई प्रहरीले फागुन २४ गते कञ्चनपुर गड्डाचौकीस्थित नेपाल-भारत सीमाबाट पक्राउ गरेको छ।

मानव बेचबिखन अनुसन्धान ब्युरोले आइतबार पत्रकार सम्मेलन गरी न्यौपानेलाई सार्वजनिक गरेको छ।

पत्रकार सम्मेलनमा जानकारी दिँदै ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले न्यौपाने ६ वर्षअघि विभिन्न पाँच वटा बेचबिखनका मुद्दाका फरार प्रतिवादी थिए।

‘केन्द्रीय अनुसन्धान ब्युरोबाट उनीमाथि पाँच वटा मानव बेचबिखनका मुद्दामा पक्राउ अनुमति लिइएको थियो,’ कुँवरले भने।

उनले २०७६ सालमा दुई जना पुरुषलाई पोर्चुगलमा इन्टरनेसनल मनि एक्सचेन्ज र होटलमध्ये एकमा काम लगाइदिने भन्दै न्यौपानेले भारत पुर्‍याएका थिए। भारतमा लगेर उनले दुई जनालाई अरबी मुलुकका मानिस ल्याएर जिम्मा लगाएपछि पीडित भागेर नेपाल आएका थिए।

भागेर नेपाल आएपछि उनीहरूले २०७६ असोज २७ गते ब्युरोमा निवेदन दिएका थिए।

यस्तै, न्यौपानेले सोही बेला एक जना महिलालाई पोल्याण्ड पठाउने भन्दै नयाँदिल्ली पुर्‍याएका थिए। त्यहाँ पुर्‍याएर महिलालाई बन्धक राखी जबरजस्ती अर्कै दलालको जिम्मा लगाएका थिए। ती महिला भाथर्। नेपाल आएपछि प्रहरीमा निवेदन दिएकी थिइन्।

यसैगरी, न्यौपानेले एक जना पुरुष र महिलालाई आएरल्याण्ड पठाइदिन्छु भन्दै काठमाडौंबाट दुबई पुर्‍याएका थिए। त्यहाँ पुर्‍याएपछि पीडितलाई एक महिना बन्धक राख्दै नयाँदिल्ली पुर्‍याए। नयाँदिल्ली पुर्‍याएपछि एक हप्ता बन्धक बनाएर राखेका थिए। उनीहरू भागेर नेपाल आएर प्रहरीमा निवेदन दिएका थिए।

यस्तै, न्यौपानेले सोही मितिमा दुई जना पुरुषलाई पोर्चुगल पठाइदिने बहानामा नयाँदिल्ली पुर्‍याएर ५५ दिनसम्म बन्धक बनाएका थिए। होटलमा बन्धक बनाएर राखेकोमा ती पीडित नेपाल फर्किएर प्रहरीमा निवेदन दिएका थिए।

यस्तै, न्यौपानेले एक जना महिलालाई सोही मितिमा दुबई पठाइदिन्छु भन्दै त्यहाँ लगेर बन्धक बनाए। त्यहाँबाट फेरि उनले महिलालाई नयाँदिल्ली लगेर अर्का दलाल प्रतिक शर्मासँग भेट गराएर बन्धक बनाएका थिए।  

त्यहाँबाट भागेर नेपाल आउन सकेकी महिलाले प्रहरीमा निवेदन दिएकी थिइन्। 

यी पाँच वटा घटनामध्ये चार वटामा न्यौपानेले पीडितहरूलाई अर्का दलाल पिताम्बर कँडेलकहाँ पुर्‍याएर बन्धक बनाउने काम गरेको खुलेको छ। कँडेल भारतमै रहेको प्रहरीले जनाएको छ। 

पक्राउ परेका न्यौपानेलाई प्रहरीले मानव बेचबिखन मुद्दामा अदालतबाट थुनामा राख्ने अनुमति लिई अनुसन्धान थालेको छ।

‘सबै पीडितलाई वैदेशिक रोजगारीमा लगाइदिने बहानामा मोटो रकम संकलन गरी अन्य दलालको जिम्मा लगाएर बन्धक बनाएको प्रहरीमा पीडितले विवरण दिएका थिए,’ कुँवरले भने।

न्यौपानेलाई ब्युरोले लामो समयदेखि खोजी गरिरहेको थियो। तर, उनी विभिन्न देशमा लुकिछिपी बसिरहेका थिए। 

पछिल्लो समय उनी भारत बसेको खुलेको छ। भारत हुँदै नेपाल घर फर्किने क्रममा न्यौपानेलाई पक्राउ गर्न सकिएको कुँवरले बताए। 

उनी भारत बस्ने गरेको केही विवरण प्रहरीले सार्वजनिक गरेको छ। उनको साथबाट प्रहरीले भारतीय ड्राइभिङ लाइसेन्स, भारतका विभिन्न बैंकका एटिएम, आधार कार्डसमेत बरामद गरेको छ। 

 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।