जनताको विश्वास, आशा-भरोसाको केन्द्र नेपाल प्रहरी : आइजिपी कुँवर

सञ्जय मिश्रा,रौतहट । नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक (आइजिपी) वसन्तबहादुर कुँरले नेपाली नागरिकको शान्ति सुरक्षासँग प्रत्यक्ष जोडिएको नेपाल प्रहरी संगठन  जनताको विश्वास र आशा-भरोसाको केन्द्र रहेको बताएका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटको नवनिर्मित भवनको उद्घाटन गर्दै सोमबार आइजिपी कुँवरले उक्त विचार राखेका हुन्। 

जिल्ला प्रहरी कार्यालय परिसरमा सोमबार आयोजित एक विशेष कार्यक्रमका बीच कुँवरले भवनको उद्घाटन गरे। उनले नेपाल प्रहरीको संगठन स्थापनाकालदेखि नै अपराध अनुसन्धानसँगै शान्ति सुव्यवस्था कायम गर्न, मानव अधिकारको रक्षा तथा विपदमा उद्धारका लागि अग्रपङ्क्तिमा रहेर जनताको भरोसाको केन्द्र बनेको बताए।

जिल्ला प्रहरी कार्यालय रौतहटको सुविधा सम्पन्न भवन निर्माणले जिल्ला प्रहरी कार्यालय तथा मातहतका युनिटहरूको थप जिम्मेवारीसँगै सबैमा ऊर्जा थपिएको उनले बताए।

नयाँ भावनाबाट प्रहरी मात्र नभई सेवाग्राहीसमेत लाभान्वित हुनेछन्।

देशका २ हजार ६६० प्रहरी कार्यालयमध्ये १८६९ को मात्र आफ्नो भवन रहेको छ। ३७० प्रहरी कार्यालय भाडाको घरमा सञ्चालन गरिएको छ भने ४२१ कार्यालय अन्य निकायको भवनमा सञ्चालन गरिएको आइजीपी कुँअरले जानकारी गराएका थिए।

त्यसैगरी, मधेश प्रदेशमा ३९५ प्रहरी कार्यालयमध्ये २९५ को आफ्नो भवन १०० पुरानो तथा जीर्ण भवनमा सञ्चालन गरिएको छ।

रौतहट जिल्लाको हकमा ४६ प्रहरी कार्यालय रहेकोमा ४२ को भवन छ, जसमध्ये ३० वटाको आफ्नो जग्गा छैन।

यसमा प्रदेश सरकार, स्थानीय निकाय र नागरिकको ध्यान जानु जरुरी रहेको कुँवरले बताए। कम साधन स्रोतको बाबजुद यस्तो अवस्थामा पनि रौतहट प्रहरीले धार्मिक सांस्कृतिक पर्व तथा कार्यक्रममा दुई समुदायबीचको वर्षौंदेखिको विवाद समाधानदेखि जघन्य अपराधको सफल अनुसन्धान, महिला तथा बालबालिकाको सुरक्षा लगायत गरेको सेवा प्रदान अतिनै सन्तोषजनक रहेको भन्दै कुँवरले सराहना गरेका थिए।

उद्घाटन कार्यक्रममा मधेश प्रदेश प्रहरी कार्यालय प्रमुख डिआइजी लालमणि आचार्य, गौर नगरपालिकाका मेयर शम्भु साह, रौतहटका सिडिओ विनोदकुमार खड्कालगायतले शुभकामना मन्तव्य राखेका थिए।

जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले स्वागत मन्तव्यमा नवनिर्मित भवन मात्र नभई शान्ति सुरक्षा दिने प्रतीक भएको भन्दै यसबाट नयाँ ऊर्जा मिलेको बताए।

उनले प्रवृधिमैत्री, शून्य सहनशीलता, तस्करी नियन्त्रणमा कठोर भएर काम गर्दै जाँदा विगतको तुलनामा ५५ प्रतिशत अपराधमा कमी आएको स्पष्ट पारेका थिए।

मधेश प्रहरी कार्यालयका इन्जिनियर तथा एसपी ईश्वर खड्काले भवन निर्माणको प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रहरी प्रधान कार्यालयको कुल १७ करोड,६४ लाख २७ हजार ६२८ रुपैयाँको लागतमा दुई चरणमा जिल्ला प्रहरी कार्यालयको भवन निर्माण भएको बताएका थिए।

पहिलो चरणमा तुलसी भक्त कन्स्ट्रक्सन प्रालि बालकुमारी ललितपुर र दोस्रो चरणमा परदेज सुरेन्द्र जेभि बालकोट भक्तपुर ले जिल्ला प्रहरी कार्यालय भवन, ब्यारेक भवन, हिरासत भवन , कार्यालय प्रमुख निवास, सिनियर प्रहरी अधिकृत आवास, भान्साघर, होजियारी, सैलुन, चमेना गृह, र स्वागत कक्ष निर्माण गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।