आन्दोलनरत शिक्षकहरुले आज एमालेको केन्द्रीय कार्यालयमा धर्ना दिदै

काठमाडौं । आन्दोलनरत शिक्षकहरुले आज नेकपा एमालेको केन्द्रीय कार्यालयमा धर्ना दिने भएको छन् । उनीहरुले विद्यालय शिक्षा ऐन यथाशीघ्र जारी गर्न दबाब दिँदै दिउँसो १ बजेदेखि ३ बजेसम्म ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा धर्ना दिने भएका हुन् ।

नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आज दिउँसो एमाले पार्टी कार्यालयमा धर्ना दिने कार्यक्रम तय भएको जानकारी दिए । उनका अनुसारा भोली फागुपूर्णिमाका दिन धर्नाका कार्यक्रम राखिएको छैन ।

उनीहरुले आइतबार नेकपा माओवादी केन्द्रको केन्द्रीय पार्टी कार्यालय पेरिसडाडामा धर्नाको कार्यक्रम तय भएको छ ।  यस अघि मंगलबार महासंघले कांग्रेस केन्द्रीय कार्यालय सानेपामा दुई घण्टा धर्ना दिएको थियो ।

अस्थायी प्रकृतिका शिक्षकको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सिर्जना, शिक्षकहरुलाई स्थानीय सरकार मातहत राख्न नहुनेलगायत उनीहरुको माग रहेको छ । बाल कक्षा शिक्षक (इसीडी), अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरुवा र कार्यसम्पादन मूल्यांकनलगायत विषय शिक्षकहरुले अगाडि सारेका छन् ।

यस्तो छ शिक्षकहरुको दोस्रो चरणका आन्दोलनका कार्यक्रम

राजनीतिक दलका केन्द्रीय कार्यालयमा धर्ना: वि.सं. २०८१ फागुन २७ गते देखि २०० चैत्र ५ गतेसम्म राजनीतिक दलका केन्द्रीय कार्यालयमा प्रतिनिधिमूलक धन दिने । 

– फागुन २७ गते नेपाली काग्रेसको कार्यालयमा । 
– फागुन २८ गते नेकपा एमालेको कार्यालयमा । 
– चैत्र १ गते नेकपा माओवादी केन्द्रको कार्यालयमा ।
– चैत्र २ गते नेकपा एकीकृत समाजवादीको कार्यालयमा ।
– चैत्र ३ गते राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा ।
– चैत्र ४ गते जसपा, लोसपा र राजमोको कार्यालयमा ।
– चैत्र ५ गते- जनमत, नागरिक उन्मुक्ति र राप्रपाको कार्यालयमा ।

सांसदहरुसँग भेट तथा पक्षीकरण: 

हरेक जिल्ला आन्दोलन परिचालन समितिले आफ्नो जिल्लाबाट प्रतिनिधित्व गर्ने माननीय सङ्घीय सांसदहरुसँग भेटगरी विद्यालय शिक्षा ऐन जारी गर्ने पक्षमा सक्रिय हुन दवाव दिने ॥ २०८१ फागुन २७ गते देखि २०८१ चैत्र ५ गतेसम्म । ३. काठमाडौँमा रिले अनसन : २०८१ चैत्र ७ गते देखि २०८१ चैत्र १५ गतेसम्म ।

काठमाडौं केन्द्रित सडक आन्दोलन (अनिश्चितकालीन):

वि.सं. २०८१ चैत्र २० गतेबाट देशभरका सबै शिक्षक कर्मचारी काठमाडौं आई सडक आन्दोलनमा सहभागी हुनुहुनेछ । यो आन्दोलन विद्यालय शिक्षा ऐन जारी नभएसम्म कायम रहनेछ । यस अवधिमा सबै सरकारी कामकाजको वहिष्कार गरिनेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।