प्राज्ञिक विद्यार्थी परिषद्को दशौं राष्ट्रिय अधिवेशनको सम्पूर्ण तयारी पूरा

विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद् नेपालको दशौँ राष्ट्रिय अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । आज चितवनमा पत्रकार सम्मेलन गर्दै आगामी चैत्र २ गतेबाट सुरु हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको परिषद्ले जनाएको हो ।

चितवन उद्योग सङ्घमा हुने अधिवेशनमा देशभरबाट एक हजार प्रतिनिधि सहभागि हुने परिषद्ले जनाएको छ । राष्ट्रिय सुरक्षा स्वावलम्बन, सुशासन, शिक्षा, समाज, जीवन तथा राष्ट्रिय स्तरका विषयमा देशभरका युवा वर्गको सकारात्मक दृष्टिकोणको विकासका साथै युवाको राष्ट्रप्रतिको दायित्वबोधका लागि यो अधिवेशनले भूमिका खेल्ने परिषद्का राष्ट्रिय महासचिव विष्णुप्रसाद पँगेनीले बताए ।

देशमा बढिरहेको भ्रष्टाचार, दुर्व्यसनी, बेरोजगारी, आर्थिक एवम् पर्यावरण सङ्कट, बढ्दो सुरक्षा चुनौती आदि समस्याको समाधानमा युवा तथा प्राज्ञिक वर्गको भूमिकाको विषयमा अधिवेशन केन्द्रीत रहने उनको भनाइ छ । अधिवेशनमार्फत देशको शिक्षा, आर्थिक, समसामयिक र सङ्कल्प गरी चारवटा अलग-अलग प्रस्तावहरू पारित हुने जनाइएको छ ।

राष्ट्रिय अध्यक्ष डा. गोपीनाथ कँडेलले विद्यार्थी परिषद्ले दलगत राजनीति भन्दा माथि रहेर देशको समग्र शिक्षा क्षेत्रको सुधारका लागि अथक रूपमा निरन्तर राष्ट्र प्रथम भावका साथ काम गरिरहेको बताए ।

साथै परिषद्को ध्येय असल व्यक्ति निर्माण गर्ने रहेकोले राष्ट्र राष्ट्रियताका लागि दलगत स्वार्थलाई त्यागेर व्यक्ति निर्माणको केन्द्र क्याम्पस विश्वविद्यालयमा दलीय भागबन्डाको अन्त्य, राजनीतिक हस्तक्षेपको अन्त्य गरी सुसंस्कृत व्यक्ति र नागरिक निर्माणका लागि काम गरिरहेको उल्लेख गरे ।

अधिवेशन चैत्र २ गते दिउँसो दुई बजे उद्योग सङ्घको सभाहलमा सन्त समाजका अध्यक्ष श्री १००८ ज्ञानानन्द सरस्वतीजी महाराजले उद्‌घाटन गर्ने तय भएको छ । उद्‌घाटन कार्यक्रममा नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. हरि प्रसाद लम्साल र भरतपुर महानगरका मेयर रेणु दाहालको पनि विशेष उपस्थिति रहने महासचिव पँगेनीले बताए ।

तीन दिनसम्म चल्ने अधिवेशनमा विभिन्न समयमा अलग-अलग सत्रहरू सञ्चालन हुने छन् । जसमा समानान्तर सत्र चैत्र ३ गते बिहान ‘वर्तमान शिक्षा-प्रविधिको उपयोगिता एवं प्रभाव’ भन्ने विषयमा रहने छ ।

चैत्र ४ गते बिहान ‘राष्ट्रिय सुरक्षा र सुशासन’ का विषयमा सत्र सञ्चालन हुनेछ । चैत्र ४ गते दिउँसो नयाँ केन्द्रीय कार्यकारिणी समिति घोषणा गर्दै अधिवेशन सम्पन्न हुने महासचिव पँगेनीले जानकारी दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।