नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ कोशी प्रदेश कार्य समितिको अध्यक्षमा लिम्बु
सुनसरी । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ कोशी प्रदेश कार्य समितिको अध्यक्षमा भेद प्रसाद फागो लिम्बु (मोरङ्ग) निर्वाचित हुनु भएकाे छ ।
समितीकाे उपाध्यक्षमा पम्फा धिमाल (मोरङ्ग) र चन्द्र सिंह राई (झापा), सचिबमा दुर्गा बहादुर खपाङ्गी मगर (उदयपु)र र निर्मला गुरुङ झापा, सह-सचिबमा शुशिला तामाङ्ग (ओखलढुंगा) र अनिश याक्खा (ईलाम) रहेका छन् ।
त्यसैगरी सदस्यहरूमा ज्ञान माया राई, सुजन राई (खोटाङ्ग), मिना दनुवार, चरण कुमार राई, ललित बहादुर चेम्जोङ लिम्बु (धनकुटा), सुरेन्द्र राई, दिर्घराज रैकामगर, अर्जुन सुब्बा लिम्बु, अनिता राजबंशी (झापा), बचेन्द्र कुमार श्रेष्ठ (सुनसरी), राजकुमार देवान याक्खा ईलाम, योगेन्द्र राई (धनकुटा),अमृता तामाङ्ग (संखुवासभा), प्रेम बहादुर भुजेल (तेह्रथुम), मनोज कुमार थायुम (संखुवासभा), सबिता धिमाल (मोरङ), सन्त कुमार लिङदेन (झापा), जानुका श्रेष्ठ पाँचथर, विवेक घले गुरुङ, यसोदा मगर र हिम कुमारी लिम्बु (तेह्रथुम) रहेका छन् ।
२८ सदस्यीय प्रदेश कार्य समितीकाे सबै पदाधिकारी तथा सदस्यहरु निर्बिरोध/निर्वाचित भएकाे निर्वाचन समितीले जनाएकाे छ | निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई महासंघकाे विधान अनुसार सपथ पनि ग्रहण गराई सकिएकाे निर्वाचन समितीका संयोजक उत्तम सिं थाङदेनले जानकारी दिनु भयो ।


