प्रगतिशील लेखक संघ संखुवासभाको अध्यक्षमा बुढाथोकी सर्वसम्मत

विराटनगर । प्रगतिशील लेखक संघ (प्रलेस) संखुवासभाको चौथो जिल्ला अधिवेशनले साहित्यकार ताराबहादुर बुढाथोकीलाई अध्यक्षमा चयन गरेको छ ।

प्रलेस कोशी प्रदेश अध्यक्ष तीला लेकालीको प्रमुख आतिथ्य र केन्द्रीय सदस्य बोधकुमार घिमिरे र प्रलेस प्रदेश सचिव राजेन्द्र सर्वहारा, उदयपुर जिल्ला सचिव फणिन्द्र विश्वकर्मासमेतको विशेष आतिथ्यमा सम्पन्न अधिवेशनले बुढाथोकीलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो ।

संघको सचिवमा सनम थापा, सहसचिवमा कवि राम गुरुङ, कोषाध्यक्षमा तारा घिमिरे, सदस्यहरुमा साहित्यकार कृष्ण चापागाईं, गीताञ्जली कटुवाल र पार्वती नेपाली चयन भएको निर्वाचन कमिटीका संयोजक मानसिंह पोखरेलले जानकारी दिए ।

संघको प्रथम बैठकले लक्ष्मी ढुंगाना, प्रदेश प्रतिनिधि राजेन्द्र सर्वहारा निरौला र कृष्णबहादुर चापागाईलाई केन्द्रीय प्रतिनिधि पठाउने निर्णय गरेको छ । केही पदहरु जातीय, क्षेत्रीय, लैंगिक, भौगोलिक सन्तुलन मिल्ने गरी मनोनित गर्दै जाने गरी समिति गठन भएको छ । नेपाली राजनीतिक आकाशमा मडारिएको विकृतिविरुद्ध जनवादी संस्कृतिको निर्माणमा लेखन कार्यलाई निरन्तरता दिने तथा प्रगतिशील विचारलाई सहकार्य र एकताका आधारमा उन्नतितर्फ अघि बढाउन गतिरोधको अन्त्य गर्न समिति क्रियाशील रहने नवनिर्वाचित अध्यक्ष बुढाथोकीले प्रस्ट पारे ।

अधिवेशनमा नेकपा एमालेका अध्यक्ष खड्गबहादुर राई, नेकपा माओवादी जिल्ला सहइन्चार्ज कृष्ण जिमी ‘भरत’, नेकपा एसका जिल्ला अध्यक्ष मानसिंह पोखरेल, जसपा नेपालका जिल्ला अध्यक्ष सीताराम तिम्सिना, वरुण बहुमुखी क्याम्पस प्रमुख चित्रलेखा अधिकारी, हिमालय किरण क्याम्पस प्रमुख टीकाराम श्रेष्ठ, शिक्षक महासंघ अध्यक्ष शेरबहादुर पुरी, शिक्षक संगठन उपाध्यक्ष रामप्रसाद लम्साल, योगमाया विश्वविद्यालयका अभियन्ता डा. मातृकाप्रसाद तिम्सिनालगायत तीन दर्जन बढी साहित्यकारसहित विभिन्न क्षेत्रका व्यक्तिहरुले आफ्ना सिर्जासहित शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।