पर्सामा कल बाइपास गरिरहेका १९ वर्षीय युवक पक्राउ

काठमाडौं – अन्तर्राष्ट्रिय आगमन कल बाइपास (भिओआइपी) सञ्चालन गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पर्सा वीरगन्ज महानगरपालिका-२० स्थायी घर भई हाल वीरगन्ज महानगरपालिका-३० लालपर्सा बस्ने १९ वर्षीय धिरज पठेल रहेका छन्।

वीरगन्ज महानगरपालिका-१६ को एउटा घरबाट पटेललाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ।

दुई तले घरको दोस्रो तलामा एउटा कोठा भाडामा लिएर उनले कल बाइपास गराइरहेको पाइएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक सुधीरराज शाहीले बताए।

नेपाल टेलिकम र एनसेल कम्पनीका प्राविधिकहरूको सहयोग र समन्वयमा उनलाई पक्राउ गरिएको शाहीले बताए।

पटेलले सञ्चालन गरेको कल बाइपास स्थानबाट  भिओआइपी गेटवे ३२ पोर्ट थान दुई, भिओआइवी गेटवे १८ पोर्ट एक थान, एनसेल कम्पनीका सिमकार्ड १४ थान, राउटर, ल्यापटप, इन्भर्टर दुई-दुई थान, कनेक्टर, मोबाइल र ३२ जिबीको एक थान पेनड्राइभ बरामद भएको छ।

कल बाइपासको नेटवर्क अन्तर्राष्ट्रिय तह हुँदै नेपालसम्म आइपुगेको हो। प्रहरीका अनुसार विदेशबाट नेपाल आउने नेटवर्क सर्भरलाई बीचबाटै डाइभर्ट गरी कल बाइपास गरिन्छ। 

कल बाइपास गर्दा टेलिकमले पाउने राजश्व गिरोहले बीचबाटै गायब पार्ने हुनाले सेवा प्रदायक कम्पनीलाई सिधै नोक्सान पुग्छ।

 ‘कल बाइपासबाट पटेलले के कति नोक्सान भएको हो भन्ने विवरणको लेखाजोखा हुन बाँकी छ,’ शाहीले भने।

पक्राउ परेका पटेललाई दुरसञ्चार ऐन २०५३ अन्तर्गतको कसुरमा हिरासतमा राखेर अनुसन्धान थालिएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।