दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलन शनिबारबाट सुरू,प्रधानमन्त्री ओलीले सम्बोधन सहित युवाहरुसँग विशेष संवाद गर्ने

काठमाडौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को दोस्रो अन्तर्राष्ट्रिय युवा तथा पिएनओज् सम्मेलन थाइल्याण्डमा शनिबारबाट (१५ मार्च २०२५) सुरु भएको छ ।

“Empowering the Youth, Shaping the Piano’s Future” (इम्पावरिङ द युथ, शार्पिङ द पिएनओज फ्युचर’) भन्ने मूल नाराका साथ सुरु सम्मेलन दुई दिनसम्म चल्नेछ । नेपालबाट युवाहरूको विदेश पलायन भइरहेको र देशमा सक्रिय जनसंख्या घट्दै गएको अवस्थामा, सम्मेलनमार्फत नेपाली प्रवासी युवाहरूलाई सशक्त बनाई उनीहरूलाई नेपालको समृद्धि र विकाससँग जोड्ने मुख्य उद्देश्य रहेको छ ।

सम्मेलनले नेपाली प्रवासी युवा, पिएनओज्, र नेपालका स्थानीय युवाहरूबीच मजबूत साझेदारी स्थापना गर्ने, युवामा सशक्तिकरण र नवप्रवर्तनको संस्कृतिलाई प्रेरित गर्नका लागि संघर्ष अनि सफलताका कथा र सिकाइहरूको आदान–प्रदान गर्ने अपेक्षा राखिएको छ ।यस्तै सम्मेलनले नेपाली प्रवासी युवाहरू र नेपालका स्थानीय युवाहरूबीच शिक्षा, रोजगारी र सामुदायिक विकासमा केन्द्रित परियोजनाहरू निर्माण गर्न मद्दत पुर्याउने अपेक्षा लिइएको छ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपाली संघ (एनआरएनए) को दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलनलाई सम्बोधन गर्नुहुँदैछ । प्रधानमन्त्री ओलीले शनिबार (आज) देखि थाईल्याण्डको बैंककमा आयोजित दुई दिने सो सम्मेलनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्न लाग्नुभएको हो । प्रधानमन्त्री ओलीले उद्घाटन सत्रको अन्त्यमा सम्बोधन गर्दै विदेशमा रहेका युवाहरूसँग संवाद समेत गर्ने कार्यक्रम छ ।

सम्मेलनमा भाग लिन सांस्कृतिक पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे, पूर्वमन्त्री र सांसद पदम गिरी, सांसद माधव सापकोटा, थाईल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओली, गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसी, उपाध्यक्षहरू डा. हेम राज शर्मा, रामशरण सिमखडा लगायत संघको पदाधिकारी टोली बैंकक पुग्नुभएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।