भत्केको संरचनामा गरिने खोज तथा उद्दार अनुशिक्षण तालिम सम्पन्न

बिराटनगर, चैत्र ०४ गते । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको तत्वावधानमा संचालनमा रहेको ७ कार्य दिनको “भत्केको संरचनामा गरिने खोज तथा उद्दार अनुशिक्षण तालिम प्रथम समुहको समापन भएको छ ।

फागुन २५ गतेबाट संचालन भएको उक्त तालिम चैत्र ४ गते कोशी प्रदेश प्रहरी कार्यालयको सभाहलमा कोशी प्रदेश प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख भीम बहादुर दहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । समापन कार्यक्रमलाई सम्बोधन गर्नु हुदै प्रमुख अतिथि दहालले प्रहरी कर्मचारीहरूलाई खोज तथा उद्दार सम्बन्धि तालिम दिई उद्दार कार्यलाई थप प्रभावकारी बनाउन अनुशिक्षण तालिम दिईएको बताउनु भयो ।

मानव जीवनमा आईपर्ने कठोरतम् विपत्तिको उद्धार कार्यको प्रमुख जिम्मेवारी पाएको नेपाल प्रहरीले आफुसंग भएका सिमित स्रोत साधनका साथै स्थानिय औजारहरुको समेत प्रयोग गरी प्रभावकारी रुपमा खोज तथा उद्दार कार्यमा खटिई मानविय तथा भौतिक क्षेति न्यूनीकरण गर्न तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई निर्देशन दिनु भयो ।

साथै वहाँले तालिमबाट सिकेका सिप, ज्ञान र कौसलको उच्चतम प्रयोग गरी कार्य क्षेत्रमा आईपरेको समस्या र चुनौतीलाई सामना गरी उद्दारकार्यमा खटिई नेपाल प्रहरीको गौरवलाई सदैव उच्च स्थानमा राख्न अभिप्रेरित गर्नु भयो ।

समापन कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीले तालिम सम्बन्धी प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रममा प्रहरी उपरीक्षक दिपक पोखरेल सहित सिनियर तथा जुनियर प्रहरी अधिकृतका साथै प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो । उक्त तालिममा कोशी प्रदेश अन्तरगत रहेका बिभिन्न कार्यालयहरुका ३० जना प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।