खुँडा हानेर भागेका युवक खुँडा सहित पक्राउ
पोखरा । पोखरामा धारिलो हतियार खुँडा प्रहार गरेर भागेका एक युवक पक्राउ परेका छन् ।
पोखरा महानगरपालिका वडा नम्बर १८ स्थित फेवातालको किनारमा रहेको सेदी बसपार्कमा शनिबार साँझ २० वर्षीय समिर बडाललाई खुँडा प्रहार गरी भागेका पोखरा १७ विरौटा बस्ने २२ वर्षीय मनिष ठकुरीलाई प्रहरीले पक्राउ गरेको हो ।
अभियुक्त ठकुरीले लागूऔषध कारोबारमा कुरा नमिल्दा समिरलाई खुँडा प्रहार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जानकारी दिएको छ ।


