रौतहटमा एसईई परीक्षामा कडाइ, ४२४ मोबाइल बरामद

रौतहट, ७ चैत । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ लाई मर्यादित बनाउन प्रशासनले कडा कदम उठाए पछि पहिलो दिनमै ठूलो संख्यामा मोबाइल बरामद भएको छ ।
 
रौतहटका विभिन्न परीक्षा केन्द्रहरूमा परीक्षार्थीहरूले चिट चोर्न मोबाइल प्रयोग गर्ने प्रयास गरेपछि कडा सुरक्षा चेकजाँचको क्रममा ४२४ वटा मोबाइल फोन बरामद गरी नियन्त्रणमा लिइएको हो । विगतका वर्षहरूमा मेसेन्जर, ह्वाट्सएप, भाइबरलगायतका ग्रुपहरू प्रयोग गरी चिट आदानप्रदान गर्ने प्रवृत्ति मौलाएको देखिएकाले यस वर्ष परीक्षा प्रणाली थप कडा बनाइएको छ ।
 
प्रविधिको दुरुपयोग रोक्न सुरक्षाकर्मीहरूलाई परीक्षा केन्द्रहरूमा परिचालन गरिएको हो । यद्यपि, परीक्षार्थीहरूले मोबाइल लुकाएर परीक्षा हलमा लैजाने प्रयास गरेपछि विशेष चेकजाँच गरिएको थियो, जसअन्तर्गत ४२४ मोबाइल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।
 
परीक्षा सुरक्षालाई बलियो बनाउन स्थानीय प्रशासनले विशेष निगरानी राखे पनि यमुनामाई गाउँपालिका-५ स्थित श्री यमुनामाई माध्यमिक विद्यालय, झुन्खुन्वा परीक्षा केन्द्रमा एक परिक्षा निरीक्षक नै परीक्षार्थीहरूबाट रकम लिएर मोबाइल भित्र प्रवेश गराएको आरोपमा पक्राउ परेका छन् ।
 
यसैगरी, मौलापुर नगरपालिका-५ स्थित श्री लक्ष्मिनिया मावि, मौलापुर परीक्षा केन्द्रमा बाहिरबाट चिट पुर्‍याउने कार्यमा संलग्न एक व्यक्ति पनि पक्राउ परेका छन् । पक्राउ परेका दुवै जनाको प्रहरीले नाम खुलाएको छैन ।
 
जिल्ला प्रहरी कार्यालय रौतहटले परीक्षाको मर्यादा भंग गर्ने कार्यमा संलग्न दुवै व्यक्तिलाई सम्मानित जिल्ला अदालतबाट म्याद अनुमति लिएर अनुसन्धान अघि बढाइएको जानकारी दिएको छ। विगतका वर्षहरूमा सामाजिक सञ्जालको माध्यमबाट चिट पुर्‍याउने कार्य व्यापक बने पछि यसपालि परीक्षा केन्द्रहरूमा निगरानी थप कडा पारिएको हो । परीक्षा प्रणालीलाई पारदर्शी बनाउन गरिएको यो कडाइका बावजुद ४२४ मोबाइल बरामद हुनुले अझै प्रभावकारी निगरानी आवश्यक रहेको जनाइएकाे छ ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।