जबरजस्ती करणी आरोपमा राइस मिल व्यवसायी पक्राउ

मुकेश कुमार यादव/सिरहा, ८ चैत। सिरहामा जबरजस्ती करणी गरेको आरोपमा एक युवकलाई  प्रहरीले नियन्त्रणमा लिएको छ।

 

जिल्लाको गोलबजारपालिका- ४ का स्थितका माँ धमिनी एग्रो राईस मिलका संचालक महेश साह (कोकवा) को छोरा अजय साहले विवाहको प्रलोभनमा पारी जबरजस्ती करणी गरेको आरोपमा उनलाई नियन्त्रणमा लिएको हो।  

 

इलाका प्रहरी कार्यालय गोलबजारको प्रहरी टोलीले लुकिछिपी बसेको अवस्थामा साहलाइ नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

 

साहमाथि एक युवतीलाई ललाई फकाई विवाह गर्ने प्रलोभनमा पारि पटक-पटक जबरजस्ती गरणी गरेको आरोप उनलाई बिहिवार राती पक्राउ गरेको हाे । 

 

करिव २ वर्ष अगाडी माँ धमिनी एग्रो राईस मिलका संचालक महेश साह (कोकवा) मिल मै कामगर्ने एकजना कामदारलाई जबर्जस्ती करणी आरोपमा पक्राउ परेको थियो।  साहले करोडौंको चलखेल गरि उक्त मुद्दामा सफाइ पाएका थिए। 

 

साहमाथी फागुन २७ गते नै जबर्जस्ती कर्णीको मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रमेश पण्डितले बताए। उनले भने, ´साह लुकिछिपी बस्दै आएका थिए।’  

 

प्रहरी देखे पछि भाग्ने क्रममा पूर्व पश्चिम राजमार्ग अन्तर्गत गोलबजार- ४ सातपत्रे खोला नजिकबाट साहलाई नियन्त्रणमा लिएको हो। उनले भने, ‘जवरजस्ती करणी आरोपका फरार प्रतिवादी साहलाई आज सम्मानित जिल्ला अदालतबाट म्याद थप भएको छ। थप अनुसन्धान कार्य भइरहेको छ।´

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।