कोशी प्रदेश प्रहरी प्रमुखले गरे जिल्ला प्रहरी कार्यालय सोलुखुम्वुको निरीक्षण

विराटनगर, चैत्र ९ गते । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव राजन अधिकारीले जिल्ला प्रहरी कार्यालय सोलुखुम्वुको निरीक्षण भ्रमण गर्नु भएको छ ।

चैत्र ९ गते बिहान भएको निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय तथा सम्पूर्ण शाखाहरुको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई आवश्यक निर्देशनको क्रममा प्रहरी ऐन तथा नियमावलीमा भएका व्यवस्थालाई अक्षरस पालना गरी प्रहरी आचरण र व्यवहारमा सुधार ल्याई व्यक्तिगत लाभ भन्दा संगठनको हित र बिकासलाई प्राथमिकतामा राखेर आफुलाई प्राप्त जिम्मेवारी ईमान्दार र अनुशासित तवरबाट निर्वाह गर्न र आफ्नो कर्तव्य सम्झेर देश र जन्ताको सेवामा सदैव तल्लिन रहनु पर्ने बताउनु भएको छ ।

अपराध अनुसन्धान, शान्ति सुरक्षा व्यवस्थापन लगायत विपद् उद्दार कार्यमा नेपाल प्रहरीले सदैव अग्रपंक्तिमा रहेर कार्य सम्पादन गर्दै आइरहेको बताउँदै उपलब्ध साधन स्रोतको अधिकतम प्रयोग गरी प्रहरी सेवा प्रदान गर्न, दैविक बिपत्तिहरुमा स्थानिय सरकार तथा अन्य सुरक्षा निकायसंग समन्वय गरी नागरिकको जीउ धनको रक्षा गर्न कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ ।

साथै वहाँले विश्वको सर्वोच्च शिखर सगरमाथाले परिचित नेपालको सोलुखुम्वु जिल्लामा भ्रमणको लागि आउनु हुने राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यटकहरुलाई नेपाल सुरक्षाको दृष्टिकोणले सुरक्षित गन्तव्यस्थल रहेको बिश्वास दिलाई वहाँहरुको आवागमनलाई सहज बनाई सुरक्षित साथ निर्धक्क भ्रमण गरी फर्कने वातावरण बनाउन प्रहरीले मुख्य भुमिका निर्वाह गर्नु पर्ने वताउनु हुँदै सोलुखुम्बु जस्तो दुर दराज पहाडी र हिमाली जिल्लामा सिमित स्रोत साधनको वावजुद निरन्तररुपमा नागरिकहरुमा बिश्वासिलो प्रहरी सेवा प्रदान गर्दै आईरहेकोमा सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई सेवाको लागि धन्यवाद व्यक्त गर्नु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्वुको निरीक्षण भ्रमणको क्रममा प्रदेश प्रहरी प्रमुख अधिकारीले उत्कृष्ट कार्य सम्पादन गर्ने जिल्ला प्रहरी कार्यालय सोलुका प्रमुख प्रहरी नायव उपरीक्षक द्वारिका प्रसाद घिमिरे तथा लामो समय सम्म कार्यरत रही उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गर्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।