अर्जुनधाराका सन्तोष दिल्लीबाट बेपत्ता
झापा । अर्जुनधारा-७, झापाका सन्तोष कालिकोटे भारतको दिल्लीमा बेपत्ता भएका छन्। कामको सिलसिलामा गत चैत्र ४ गते साथीहरूसँग दिल्ली गएका उनी मिति ६ गते देखि सम्पर्कविहीन भएका हुन्।
परिवारका अनुसार दिल्ली पुगेपछि साथी बाहिर गएको समयमा ब्याग, मोबाइल, नागरिकता सबै कोठामै छोडेर उनी एक्लै निस्किएका थिए। त्यसपछि उनी फर्केर नआएको र हालसम्म कुनै जानकारी प्राप्त नभएको जनाइएको छ।
सन्तोष कालिकोटे देख्नु हुने वा कुनै जानकारी हुने महानुभावहरूले नजिकको प्रहरी चौकी वा नेपालस्थित निम्न सम्पर्क नम्बरहरूमा जानकारी गराइदिन परिवारले आग्रह गरेको छ।
९८०७९७८७८७ / ९८१६०५५४५६


