फिदिम स्थित होटलको कोठामा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक पक्राउ

पर्वत – १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जलजला गाउँपालिका-९ बनौ घर भई कुश्मा नगरपालिका-६ राम मन्दिर चोक डेरा गरी बस्ने १९ वर्षीय विजय फगामी मगर रहेका छन्।

उनलाई आइतबार दिउँसो पक्राउ गरिएको पर्वतका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रविन विष्टले बताए।

मगरले ती बालिकालाई गत मंसिर ३ गते जबरजस्ती करणी गरेको उजुरी प्रहरीमा परेको थियो। मगरलाई जिल्ला प्रहरी कार्यालय पर्वतको हिरासतमा अनुसन्धान थालिएको छ। बालिकाको स्वास्थ्य परीक्षण लगायतको कार्य भइरहेको छ।  

यस्तै, १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पाँचथरमा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा हिलिहाङ गाउँपालिका-४ घर भएका २६ वर्षीय दोर्ण रसाइली रहेका छन्। उनलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो।

रसाइलीले ती बालिकालाई फिदिम नगरपालिका-२ रमिते डाँडास्थित रमिते होटलको कोठामा बिहीबार जबरजस्ती करणी गरेको उजुरी परेको थियो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।