चन्द्रागिरीमा हाइस दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं – चन्द्रागिरी नगरपालिका-२ नागाढुङ्गा ढलानस्थित सडकमा हाइस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको ग१ख ५५४६ नम्बरको हाइस अनियन्त्रित भई आइतबार साँझ दुर्घटना भएको हो।

दुर्घटनामा करिब २५ वर्षीया सबिना गुरूङको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो। उनको ठेगाना खुलिसकेको छैन।

दुर्घटनामा घाइते भएका हाइसमा सवार दुई जनाको राष्ट्रिय ट्रमा सेन्टरमा र एकजनाको अन्नपूर्ण न्युरो अस्पताल माइतीघरमा उपचार भइरहेको छ। हाइस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।