मुख्यमन्त्रीको निर्देशनलाई अबज्ञा गर्ने डाक्टर उमेश साह पक्राउ

सञ्जय मिश्रा/रौतहट, १३ चैत। मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहको निर्देशनलाई अटेरी गर्दैआएका रौतहटको शिवनगर स्थित आनन्द हस्पिटल तथा एक्युपञ्चर सञ्चालक कथित डाक्टर उमेश प्रसाद साह पक्राउ परेका छन्।

जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा ईलाका प्रहरी कार्यालय शिवनगरका प्रमुख सई बब्लुकान्त झाको नेतृत्वमा गएको टोलीले उनलाई उनको हस्पिटलबाट केही बेर अघि पक्राउ गरेको हो।

पक्राउ परेका कथित डाक्टर साह लाई तत्कालै आवशयक कारवाहीको लागि प्रहरीकै गाडीमा राखेर जिल्ला प्रहरी कार्यालय गौर तर्फ पठाईएको रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले बताएका छन्।

हस्पिटल सञ्चालक लाई नियन्त्रणमा लिएर अनुसन्धान पछी उचित कार्यवाही गरिने एसपी घिमिरेले जानकारी दिएका छन्।

मुख्यमन्त्री सिंहले दुईसाता अघि अनुगमनको क्रममा आनन्द हस्पिटल  मापदण्ड विपरीत हस्पिटल सञ्चालनमा रहेको पाइएपछि  बन्द गर्न निर्देशन दिएका थिए ।
मापदण्ड पुरा गरेपछि मात्र हस्पिटल सञ्चालन गर्ने भनी मुख्यमन्त्री सिंहले दिएको निर्देशनलाई आनन्द हस्पिटल शिवनगरका सञ्चालक उमेश प्रसादले अटेरी गरी निर्बाध रुपमा हस्पिटल सञ्चालन गर्दै आएका थिए।

 

नियमानुसार व्यवस्थापन नहुन्जेलसम्म पुरानो विरामीलाई अन्य हस्पिटलमा राखेर उपचार गर्ने तथा आनन्द हस्पिटलले उपचार खर्च दिनुपर्ने हुन्छ।
तर त्यसको बिपरित कथित डाक्टर साहले पुरानो बिरामीको आफ्नै हस्पिटलमा उपचार गर्नुका साथै नयाँ बिरामीलाई समेत त्यसै हस्पिटलमा भर्ना गरी  उपचारको नाउँमा लुट मच्चाउँदै आएको प्रत्यक्षदर्शीले बताएका छन्।

पछिल्लो दुई दशक देखि उमेश प्रसादले अबैध हस्पिटल सञ्चालन गरी लकवा प्यारालाइसिस रोगको उपचारको नाउँमा खुलेयाम लुट मच्चाउँदै आएका छन्।
मुख्यमन्त्री सिंहले गरेको अनुगमनको क्रममा शिवनगर, गरुडा, र चन्द्रपुरमा मापदण्ड बिपरित सञ्चालनमा रहेको डेढ दर्जन हस्पिटल तत्काल बन्द गर्न निर्देशन दिएका थिए।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।