आनन्द हस्पिटल सञ्चालक डा. उमेशप्रसाद साह पक्राउ

सञ्जय मिश्रा/रौतहट – मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहको निर्देशनलाई अटेरी गर्दैआएका रौतहटको शिवनगरस्थित आनन्द हस्पिटल तथा एक्युपञ्चर सञ्चालक डा. उमेशप्रसाद साह पक्राउ परेका छन्।

जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा इलाका प्रहरी कार्यालय शिवनगरका प्रमुख सई बब्लुकान्त झाको नेतृत्वमा गएको टोलीले उनलाई हस्पिटलबाटै बुधबार पक्राउ गरेको हो।

पक्राउ परेका साहलाई तत्कालै आवशयक कारबाहीको लागि प्रहरीकै गाडीमा राखेर जिल्ला प्रहरी कार्यालय गौर ल्याइएको  रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले बताए।

हस्पिटल सञ्चालकलाई नियन्त्रणमा लिएर अनुसन्धानपछि उचित कारबाही गरिने एसपी घिमिरेले जानकारी दिएका छन्।

मुख्यमन्त्री सिंहले दुई साताअघि अनुगमनको क्रममा आनन्द हस्पिटल मापदण्ड विपरीत हस्पिटल सञ्चालनमा रहेको पाइएपछि बन्द गर्न निर्देशन दिएका थिए।

मापदण्ड पूरा गरेपछि मात्र हस्पिटल सञ्चालन गर्ने भनी मुख्यमन्त्री सिंहले दिएको निर्देशनलाई आनन्द हस्पिटल शिवनगरका सञ्चालक साहले अटेरी गरिरहेका थिए।

पछिल्लो दुई दशकदेखि साहले अवैध हस्पिटल सञ्चालन गरी लकवा प्यारालाइसिस रोगको उपचारको नाममा खुलेयाम लुट मच्चाउँदै आएका छन्।

मुख्यमन्त्री सिंहले गरेको अनुगमनको क्रममा शिवनगर, गरुडा, र चन्द्रपुरमा मापदण्ड विपरीत सञ्चालनमा रहेको डेढ दर्जन हस्पिटल तत्काल बन्द गर्न निर्देशन दिएका थिए।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।