रुखबाट लडेर एक व्यक्तिको मृत्यु

पाल्पा – रुखबाट लडेर पाल्पामा एक जना व्यक्तिको मृत्यु भएको छ। 
मृत्यु हुनेमा बगनासकाली गाउँपालिका-७ खानीगाउँका ४५ वर्षीय कमलप्रसाद भट्टराई छन्। 

बुधबार बिहान ८:५० बजे रुखबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको पाल्पा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए।

भट्टराई आफ्नै घरदेखि करिब तीन सय मिटर पूर्व बारीमा रहेको साजको रुखमा चढे घाँस काट्दै थिए। अचानक रुखबाट लड्दा उनको घटनास्थलमै मृत्यु भएको मल्लले बताए। 

खबर पाएपछि प्रहरी चौकी गाप्टुङ र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको टोलीले प्रारम्भिक अनुसन्धानपछि  शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल पाल्पा पठाएको छ। 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।