अर्घाखाँचीमा बस दुर्घटना, चार जनाको मृत्यु

काठमाडौं- अर्घाखाँचीमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार अर्घाखाँचीको सुपादेउरालीबाट फर्किंदै गरेको बस दुर्घटना बुधबार साँझ दुर्घटनामा परेको हो।

सुपादेउराली दर्शनको लागि नवलपरासीबाट गएको लु२ख ३०३ नम्बरको बस शितगंगा नगरपालिका २ भुवनपाटास्थित गोरूसिंगे-सन्धिखर्क सडकखण्डमा दुर्घटनामा परेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी उपरीषक श्यामबहादुर खत्रीले बताए। 

मृत्यु हुनेमा तीन जना महिला र एक पुरूष रहेका छन्। मृत्यु हुनेमा बसका चालक रहेको खत्रीले बताए। तत्काल उनीहरूको पहिचान खुलिसकेको छैन।

खत्रीका अनुसार गुडिरहेको बस अनियन्त्रित भएर सडकदेखि करिब ३० मिटर तल खसेको थियो। साँझ पौने ६ बजेतिर भएको उक्त दुर्घटनामा करिब २७ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।