दिपक बोहोराको निधनको पत्र नआइपुग्दा संसद बैठकमा ढिलाइ
काठमाडौं, १९ चैत। सांसद दिपक बोहोराको निधन भए पछि प्रतिनिधि सभाको मंगलबारको बैठक ढिलो सञ्चालन हुने भएको छ।
सभामुख देवराज घिमिरे प्रतिनिधि सभाको बैठक कक्षमा पुगेपछि सांसद दीपक बोहराको निधनको खबर आएकाले संसद् बैठक केहीबेर रोकिएको सभामुखका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए ।
‘घण्टी सुरु गर्नुअघि सभामुख बैठक कक्षको लबीमा पुग्ने अभ्यास छ । सम्बन्धित दलबाट निधनको पत्र आउन बाँकी रहेकाले संसद् केही ढिला सुरु हुने भएको छ’, अधिकारीले भने, ‘आज शोक प्रस्ताव पारित गरेर संसद् बैठक अन्त्य हुनेछ ।’


