ब्यावसायी उप्रेतीको अवस्था अझै अज्ञात

इन्दीप कोइराला/बारा, १९ चैत । मोवाइल फोनमा आएको शंकास्पद सन्देशले बाराको निजगढ नगरपालिका–७ का एक परिवार यतिबेला शोकमा डुबेको छ । 

 

व्यवसायिक कामको क्रममा भारतको पटना जान्छु भनेर शनिवार दिउसो १२.३० बजे घरबाट निस्किएका निजगढ नगरपालिका– ७ नगरपालिका रोडका बस्ने टंकराज उप्रेती (दिपक)ले चलाउने भारतीय सिमको मोबाइलबाट श्रीमती कल्पनाको ह्वाट्सअप म्यासेन्जरमा सोही रात ११.४५ बजे आएको शंकास्पद र दुःखद सन्देशले परिवार शोकमा डुबेको हो । 

 

उप्रेतीकी श्रीमती कल्पनालाई उद्धृत गर्दै ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुश्वाहाले दिएको जानकारी अनुसार म्यासेजमा उप्रेतीलाई आसामको बोरो आदिवासीको ‘बोरो ब्रदर्स एन्ड मर्डर’ नामको समूहले साईनाईड नामक ग्याँस सुँघाएर हत्या गरिएको बताइएको छ । 

 

हत्याबापत उनीहरुले २० हजार अमेरिकी डलर लिएको पनि म्यासेजमा उल्लेख छ । म्यासेजमा उप्रेतीको शव हाल जयगाउँस्थित टिष्टा नदिको अगाडी भुटानको बोर्डर छेउको एउटा कोठामा राखिएको र ३ दिनपछि शवसहित, ब्याग र कपडा नेपाल पार्सल गरिदिने पनि उल्लेख छ । 

 

प्रहरी निरीक्षक कुशवाहाले कल्पनालाई राति आएको म्यासेजको पुष्टि भइनसकेको र यसबारेमा थप अनुसन्धान भइरहेको बताएका छन । उनले भारतीय सिमबाट म्यासेज आएकोले सोको बारेमा भारतीय प्रहरीमार्फत अनुसन्धान कार्य गरिने बताए । निरीक्षक कुशवाहाका अनुसार यसअघि शनिबार साँझ श्रीमती कल्पनाले गरेको फोन रिसिभ नभएपछि सोही सिमबाट ‘मलाई फोन नगर केहीबेर पछि म आफै म्यासेज गर्छु’ भनेर उप्रेतीले म्यासेज पठाईएको थियो तर लामो समयसम्म पनि कुनै सन्देश नआएपछि कल्पनाले ह्वाट्सअपमा दोस्रो पटक म्यासेज गर्दा उताबाट अर्कै मान्छेले लेखेको जस्तो लाग्ने गरी ‘उसलाई म्यासेज नगर’ भनेर उत्तर पठाइएको र त्यसपछि हिन्दी भाषामा हत्या गरिएको भन्ने अपुष्ट विवरणसहितको लामो सन्देश आएको पाइएको निरीक्षक कुशवाहाले जानकारी दिए । 

 

उप्रेतीले पुराना गाडी किनबेच गर्ने व्यवसाय गर्दै आएको पारिवारिक स्रोतबाट खुलेको प्रहरीले जनाएको छ । व्यवसायको क्रममा भारत सिलगुडीका एकजनासंग लिनुपर्ने रकम लिन भनेर उप्रेती शनिवार दिउसो पटनातर्फ गएका थिए । ती व्यवसायीले नै उप्रेतीलाई पटना बोलाएको बताइएको छ । 

 

यसैबीच जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सन्तोष लामाले उप्रेती परिवारसंग भेट गरेका छन । उनले भारतीय प्रहरीको सहयोगमा उप्रेतीले प्रयोग गरेको मोबाइल फोनको लोकेशन ट्रेस गर्न नेपाल प्रहरीले आवश्यक सहयोग उपलब्ध गराउने बताए ।

 

यसैबीच सोमबार बिहान ८.१४ बजे पुन दिपकले प्रयोग गर्ने भारतीय सिमको मोबाइलबाट श्रीमती कल्पनाको मोबाइलमा अर्को शंकास्पद र सन्देहात्मक म्यासेज आएको जनाइएको छ । म्यासेजमा ‘घटना जे भयो सकियो, यसबारेमा थप खोजबिन गरे कसैलाई पनि राम्रो हुदैन’ भनेर धम्काइएको प्रहरीले बताएको छ । 

 

शनिवार राती ११.४५ बजे आएको शंकास्पद र दुःखद सन्देशले शोकमा डुबेको उप्रेती परिवार पछिल्लो म्यासेजले थप चिन्तामा परेको छ । नेपाल प्रहरीको समन्वयमा उप्रेतीको अवस्था बारेमा अनुसन्धान गरिरहेको भारतीय प्रहरीले उनले प्रयोग गर्ने मोबाइलको लोकेशन पत्ता लगाउने प्रयास गरिरहेको छ । भारतीय प्रहरीले बारा प्रहरीमा दिएको जनकारीअनुसार उप्रेतीले प्रयोग गर्ने मोबाइलको लोकेशन आइतवार बिहान मोतिहारी र राति उत्तरप्रदेशमा देखिएको प्रहरीले जनाएको छ । 

 

प्रहरी निरीक्षक कुशवाहाले श्रीमती कल्पनालाई आएको म्यासेजको सत्यताबारे पुष्टि भइनसकेको र यसबारेमा भारतीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताए । 

 

यता जिल्ला प्रहरी कार्यालय बाराको समन्वयमा उप्रेतीको अवस्था पत्ता लगाउन भनेर भारतको मोतिहारी तर्फ गएका आफन्तहरुले कुनै सूचना दिन नसकेको निजगढ प्रहरीले जनाएको छ । भारतमा सोमबार इद पर्वको बिदा परेकोले प्रहरीमार्फत खोजबिनको लागि मोतिहारीतर्फ गएका आफन्तहरुले थप सूचना प्राप्त गर्न नसकेको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुशवाहाले जानकारी दिए । 

 

दिपकले प्रयोग गर्ने भारतीय सिमको मोबाइलबाट शनिवार राति शंकास्पद र अपुष्ट म्यासेज आएपछि खोजीको लागि २ जना आफन्त आईतबार बिहान भारततर्फ गएका हुन । 
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।