बँदेल मार्ने पासोमा करेन्ट लागेर मृत्यु ,शव लुकाउने ३ जना पक्राउ

सञ्जय मिश्रा /रौतहट,२१ चैत। रौतहट स्थित जंगली बँदेल मार्न राखिएको बिधुतिय पासोमा करेन्ट लागेर एकजना महिलाको मृत्यु भएको छ। 

मृतक महिलाको शव लुकाएको अभियोगमा  ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
 
जिल्लाको उत्तर पूर्वीभेग वृन्दावन नगरपालिका  १ बलेरी गाउँ छेउमा जंगली बँदेल मार्न  राखेको बिधुतिय पासोमा करेन्ट लागेर महिलाको मृत्यु भएपछी मृतक महिलाको शव लुकाउने ३ जनालाई  प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको नेतृत्वमा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर, गरुडा सहितको प्रहरी टोलीले घटनाको अनुसन्धान गर्दै मृतक महिलाको शव बिहीवार अपरान्ह बरामद गर्नुका साथै संलग्न ३ जना लाई पक्राउ गरेको हो।

गाउँकै केही मानिसले जंगली बँदेल मार्न मकैबारीमा थापेको जेआइ बिधुतिय तारको पासोमा करेन्ट लागेर स्थानिय रूपनारायण राउतको श्रीमती ५५ वर्षीया देवी पटेलको एकसाता अघि मृत्यु भएको अनुमान गरिएको छ।

करेन्ट लागेर महिलाको मृत्यु भएपछि पासो थाप्नेहरुले घटना लुकाउन नजिकै जङ्गलमा खाल्डो खनी शव पुरेका थिए। घटना पछी महिला बेपत्ता भएको पीडित परिवारमार्फत  जानकारी भएपछि इलाका प्रहरी कार्यालय गरुडाको टोलीले अनुसन्धान थालेको थियो ।

डिएसपी राजन कार्कीका अनुसार गत १४ गते देखि महिला बेपत्ता भएपनि प्रहरीमा १९ गते जानकारी आएको थियो। अनुसन्धानको क्रममा मृतक महिलाको शव बिहीवार अपरान्ह जंगलमा गाडिएको अवस्थामा बरामद भएको छ। 

साथै, घटनामा संलग्न रहेको आशंकामा ३ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरू ईलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा रहेका छन्। मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाईएको डिएसपी कार्कीले न्युज कारखाना लाई जानकारी दिएका छन्।

एकसाता देखी गाडिएको मृतक महिलाको शव कुहिन सुरु भएको छ। अनुसन्धान पछी घटना बारे पूर्ण जानकारी आउने ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।