तीनकुनेको प्रदर्शन स्थलबाट फरार भएका दुर्गा प्रसाईं चढेको स्कोर्पियो गाडी इटहरीमा फेला
झापा । तीनकुनेको प्रदर्शन स्थलबाट फरार भएका दुर्गा प्रसाईं चढेको स्कोर्पियो गाडी इटहरीमा फेला परेको छ।
बागमती प्रदेशको बिएबी–४२०८ नम्बरको उक्त गाडी काठमाडौं लगिएको उपत्यका प्रहरी कार्यालयका एआईजी टेकबहादुर तामाङले जानकारी दिएका छन्।
उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले गाडी धनी मुकुन्द दाहाललाई पक्राउ गरेको छ। दाहाल कागेश्वरी मनोहरा नगरपालिका–काँडाघारीका बासिन्दा हुन्। अहिले घटनासम्बन्धी अनुसन्धान भइरहेको छ।
प्रसाईं चढेको गाडी ईश्वर विकले चलाएको खुलेको छ। उनले दुर्गा प्रसाईंलाई झापाको बिएण्डसी अस्पतालमा पुर्याएको प्रहरीलाई बयान दिएका छन्।


