अबैध ५ लाख रुपैयाँ सहित भारतीय नागरिक पक्राउ

रौतहट, २३ चैत। रौतहटको सदरमुकाम गौर स्थित सशस्त्र प्रहरीको टोलीले नेपाली ५ लाख अबैध रुपैयाँ सहित एकजना भारतीय नागरिक लाई पक्राउ गरेको छ।

 

सीमावर्ती भारतीय बजार बैरगनिया बाट गौरतर्फ आउँदै गरेको भारतीय नम्बरको मोटरसाइकललाई सशस्त्र प्रहरीले चेकजाँचको क्रममा  श्रोत नखुलेको ५  लाख नेपाली रुपैयाँ सहित एकजना भारतीय नागरिक पक्राउ गरेको हो।

५ लाख रुपैया सहित पक्राउ पर्नेमा मोटरसाइकल चालक भारत बिहार जिल्ला सितामढी बैरगनिया–१४ पटेल चोकका १८ वर्षिय मोहित कुमार पटेल रहेको सशस्त्र प्रहरी बल नम्बर ११ हेक्वा रौतहटका प्रमुख एसपी सन्तोष बस्नेतले न्युज कारखाना लाई बताएका छन्।

गौर नगरपालिका  १ कानुपट्टी सीमा इलाकामा बिआर ०५ जे १३२७ नम्बरको मोटरसाईकल रुपैयाँ सहित शुक्रवार साँझ पक्राउ परेका भारतीय नागरिक पटेल लाई आवशयक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाईएको सशस्त्र प्रहरीको सूचनामा उल्लेख गरिएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖