विराटनगरको बाल सुधारगृहबाट बाल बिज्याइँकर्ताहरु फरार

विराटनगर । विराटनगर महानगरपालिका–३ मा रहेको बाल सुधारगृहबाट बुधबार बिहान बाल बिज्याइँकर्ताहरु फरार भएका छन् । गृहमा रहेकामध्ये २ सय भन्दा बढी बाल बिज्याइँकर्ताहरु भागेको प्रहरीले जनाएको छ ।

गृहमा २ सय ५५ जना बाल बिज्याइँकर्ताहरु थिए । तीमध्ये करिब ५० जनाजति भने नभागेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ‘५० जनाजति भित्रै बसे । अरु बाल सुधारगृहबाट फरार भए,’ प्रहरीका १ अधिकृतले भने ।

ती अधिकृतका अनुसार गृहको मुख्य गेटको चाबी एक्कासि फुटाएर बाल बिज्याइँकर्ताहरु भागेका हुन् । गृहको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीलाई लछारछपार पार्दै उनीहरु फरार भएको प्रहरीले जनाएको छ ।

सुधारगृहको सुरक्षाका लागि २० जनाभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो । फरार भएकामध्ये करिब ६० जनालाई नियन्त्रणमा लिइसकिएको छ । भागेकालाई नियन्त्रणमा लिन नेपाली सेना, नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

सुरक्षाकर्मीसहितको टोलीले नियन्त्रणमा लिएकाहरुलाई सुधारगृहभित्र लगिएको छ । फरार भएका बाल बिज्याइँकर्तालाई स्थानीयले पनि नियन्त्रणमा लिएर सुरक्षाकर्मीको जिम्मा लगाइरहेका छन् ।-बेतना दैनिक

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।