सोलुखुम्बुको महाकुलुङमा बोलेरो दुर्घटना हुंदा सातजना घाइते, एकजनालाई काठमाडौं रेफर

सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका क्षेत्रमा बोलेरो जिप दुर्घटना हुँदा सातजना घाइते भएका छन्।

सल्लेरीबाट छेस्काम जादै गरेको बा.१५ च १५८७ नम्बरको बोलेरो जिप सोमबार करिब दिउसो ४ बजे दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार सो जिप सडकबाट करिब २० मिटर तल भुवा खोलामा खसेको थियो। जिपमा सवार सातै जना घाइते भएका भए पनि उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। सबै घाइतेहरूको उपचार माहाकुलुङ आधारभूत अस्पतालमा भइरहेको छ ।

तर चालक २४ वर्षीय टिकराम कार्कीलाई भने टाउको र ढाडमा गम्भीर चोट लागेकाले प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौंस्थित, ट्रमा सेन्टरमा रेफर गरिएको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।-सोलु एफएम

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖