झापामा राँगाको खुट्टा काट्ने क्रममा ग्रेन्डर मेसिनले आफ्नो बायाँ खुट्टा काटिँदा एक जनाको मृत्यु
झापा । झापामा ग्रेण्डर मेसिनले खुट्टा काटिंदा एक जनाको मृत्यु भएको छ ।
झापाको भद्रपुर नगरपालिकामा आफ्नै घरमा राँगाको खुट्टा काट्ने क्रममा ग्रेन्डर मेसिनले अचानक उनको बायाँ खुट्टा काटिँदा रमेश परियारको मृत्यु भएको हो ।
घाइतेलाई अस्पताल पुराइएपनि अधिक रक्तश्रावका कारण परियारको मृत्यु भएको जनाइएको छ ।


