ताप्लेजुङको सुनपोखरी
ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ स्थित लोदेन क्षेत्रमा समुद्री सतहदेखि करिव ४,५०० मिटरको उचाइमा अवस्थित छ—सुन पोखरी।
स्थानीयवासीहरूका अनुसार, एकजना लामा चीनबाट आएका थिए। ती लामाले पोखरीमा सुनको हाँस देखेपछि त्यसलाई निकाल्न पोखरीमा पसे।
तर, उनी त्यहीँबाट हराएको जनविश्वास छ। यही किंवदन्तीका कारण पोखरीको नाम ‘सुन पोखरी’ रहन गएको हो।
प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस पोखरीले धार्मिक र पर्यटकीय दृष्टिले समेत महत्व राख्छ।

तस्बिरः विवश केदेम/ फक्ताङलुङ दर्पण


