६ बर्षको प्रेमपछि बिहे भएको थियो,लोक सेवा आयोगको तयारीमा थिइन् अनिसा

इटहरी । घरेलु विषयमा पत्नीको हत्या गर्ने एक जना शिक्षकलाई सुनसरी प्रहरीले पक्राउ गरेको छ।

खोटाङ ऐसेलुखर्क गाउँपालिका–१ की २५ वर्षीया अनिशा भट्टराईको उनकै पति सुमन दाहालले सोमबार साँझ हत्या गरेको आरोप थियो।

अनिशा लोक सेवा आयोगको तयारीका लागि सुनसरीको इटहरी उपमहानगर–१२ मा डेरा बसिरहेकी थिइन्।

उनलाई भेट्न आएका सुमनसित घरेलु विषयमा झगडा परेको थियो। सोही निहुँमा सुमनले अनिशामाथि काठको बटमले टाउकोमा प्रहार गरेका थिए। आक्रमणबाट गम्भीर घाइते अनिशालाई उपचारका लागि विराटनगर ल्याइएको र उपचार क्रममा उनको ज्यान गएको प्रहरी भनाइ छ।

पाँच–छ वर्षको प्रेम सम्बन्धपछि गएको वैशाखमा उनीहरूको बिहे भएको पनि खुलेको छ। हत्या अभियुक्त शिक्षक हुन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।