पाथिभारा मन्दिरमा बैबाहिक बन्धनमा बांधिए प्रहरी जोडी

ताप्लेजुङ । बडादशैंको अवसर पारेर ताप्लेजुङको पवित्र तीर्थस्थल पाथीभरा मन्दिरको चुचुरो (३,७९४ मिटर उचाइमा) एक जोडीले अनौठो विवाह सम्पन्न गरेका छन्।

मोरङका सुजन पराजुली र ओखलढुङ्गाकी सविता कार्की, दुवै जना जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा कार्यरत प्रहरी कर्मचारी, मन्दिरमा पुगेर वैवाहिक जीवनमा बाँधिएका हुन्।

उनीहरूको विवाहमा अभिभावकको भूमिकामा प्रमुख जिल्ला अधिकारी (प्रजिअ) शिवराज सेढाईसहित जिल्लास्थित सुरक्षाका शीर्ष अधिकारीहरू उपस्थित थिए। सेनादेखि सशस्त्र प्रहरीसम्मका प्रमुख अधिकारी मन्दिरसम्म पुगेर विवाहको साक्षी बनेका थिए।

जिल्ला प्रहरी प्रमुख (डिएसपी) वेदप्रसाद गौतमले भने, “कार्यालयमा कार्यरत भाइबहिनीको विवाह भएको हुँदा हामी अभिभावककै भूमिकामा मन्दिरसम्म गएर साथ दियौं।”

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।