झापाको बिर्तामोडमा वर्षासंगै परेको चट्याङले लागेर एक महिलाको मृत्यु
झापा । वर्षासंगै परेको चट्याङले लागेर बिर्तामोड ३ स्थित मुसहर बस्तीकी एक महिलाको मृत्यु भएको छ ।
आज बिहान ११ बजेतिर वर्षासंगै परेको चट्याङले लागेर बिर्तामोड ३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको मृत्यु भएको हो । बाख्रा लिन जाँदै गर्दा उनलाई चट्याङले लागेको थियो ।
घाइतेलाई उपचारका लागि बिर्ता सिटी अस्पताल लाँदै गर्दा बाटैमा मृत्यु भएको आफन्त अन्जु चौधरीले बताइन् ।
मृतकको शव सोही अस्पतालमा रहेको छ । उनका श्रीमान , एक छोरा र एक छोरी रहेका छन् ।


