सोलुखुम्बुमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती सहित दुई छिमेकी घाईते
सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका १ जुभिङमा खुकुरी प्रहारबाट तीन जना घाइते भएका छन्।
घरायसी बिबाद र मादक पदार्थ सेबन गरेका४९ बर्षिय मंगलमान राईले श्रमितिलाई खुकुरीप्रहार गर्न थालेपछि झगडा छुट्याउन गएका छिमेकी बर्ष ६४ का चन्द्र बि.क. र बर्ष ४८का नौसर बहादुर राई समेत घाईते भएका हुन।
आज बिहान १० बजेको समयमा निज राईले आफ्नै घरमा श्रीमति सहित छिमेकीलाई खुकुरी प्रहार गरेका थिए ।
खुकुरी प्रहारबाट गम्भीर घाईते भएका तीनैजनालाई उपचारकोलागी हेलीकोप्टर मार्फत राष्ट्रिय ट्रमा सेन्टर काठमाडौ लगिएको र खुकुरी प्रहार गर्ने मंगलमान राईलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सुचना अधिकारी प्रहरी निरीक्षक बिकाश राईले जानकारी दिनुभयो।-सोलु एफएम


