दुर्घटनापश्चात् नोबेल पुर्‍याइएका बेलबारीका अर्जुन : खुट्टा काट्न बहोस पारियो, होसमै आएनन्

बेलबारी । मोरङको बेलबारी–४, सप्तरङ्गी चोकका बासिन्दा ६५ वर्षीय अर्जुनबहादुर राई, विगत पाँच वर्षदेखि निगुरो बेचेर परिवार धान्दै आएका थिए । यसअघि उनी रिक्सा चलाउने गर्थे । तर उमेर बढ्दै जाँदा रिक्सा छाडेर जङ्गलबाट निगुरो टिपी बजारमा बेच्ने उनका लागि जीविकोपार्जनको मुख्य आधार बन्यो ।

यस्तै क्रममा गत असोज १० गते बेलबारीकै लक्ष्मिमार्गमा सडक किनारमा निगुरो बेचिरहेका बेला उनी अनाहकमा दुर्घटनामा परे । काकडभिटाबाट आउँदै गरेको प्रदेश–१–००६ ख ५६५२ नम्बरको रकेट ट्राभल्स बसले ओभरटेक गर्ने क्रममा उनलाई ठक्कर दियो । सोहीक्षण अर्जुनबहादुरको जिन्दगीले अनपेक्षित मोड लियो ।

ठक्करपछि गम्भीर घाइते भएका राई बोलिरहेकै अवस्थामा अस्पताल पुर्‍याइएका थिए । तर, विराटनगरस्थित नोबेल अस्पतालको आपत्कालीन कक्षमा पुगेपछि चिकित्सकहरूले उनको खुट्टा तुरुन्तै काट्नुपर्ने निष्कर्ष निकाले ।“बुबाको खुट्टा काटेपछि नै बाँच्नुभएन, बरु नकाटेको भए बाँच्नुहुन्थ्यो कि ?” छोरी सोयाको यो प्रश्नले परिवारको पीडा अझ बढाइदिएको छ ।

खुट्टा काट्ने प्रक्रिया अघि बढाउँदा अर्जुनबहादुरलाई बेहोस पारियो । तर त्यसपछि उनी होसमा फर्कन सकेनन् । भेन्टिलेटरमा राखेर थप उपचार गरिए पनि अन्ततः उनको ज्यान बचाउन सकिएन ।बुबाको अधुरो सपना बोकेर उनका छोराहरू अहिले कठोर यथार्थसँग जुधिरहेका छन् । जेठा छोरा डिकबहादुर ज्यालादारी गरेर जीवन गुजारिरहेका छन् भने कान्छा छोरा पूर्णबहादुर रोजगारीको खोजीमा भारतमा छन् ।

“बुबा सधैँ भन्नुहुन्थ्यो — म मेहनत गरेरै परिवारलाई सघाउँछु । तर उहाँको सपना अधुरै रह्यो,” जेठा छोरा डिकबहादुरले भने ।-बेतना दैनिकबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।