धरान–इटहरी सडकमा सवारी दुर्घटना, चार जना घाइते

सुनसरी । धरान उपमहानगरपालिका–८ स्थित सेउती पुल नजिक आज साँझ करिब ५:३० बजे सवारी दुर्घटना हुँदा चार जना घाइते भएका छन्। धरानबाट इटहरीतर्फ जाँदै गरेको को १ ख ७७८६ नम्बरको मिनी ट्रकले सडक छेउमा पार्किङ गरिएको को १ क ६५४४ नम्बरको बसलाई ठक्कर दिंदा दुर्घटना भएको हो।

इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक भिषणबाबु राईका अनुसार, दुर्घटनामा ट्रक चालक नेत्र गौतम मोरङ सुन्दरहरैचा–५ का र सह–चालक सुजन तामाङ संखुवासभा सभापोखरी–२ का घाइते भएका छन्। विपरीत दिशाबाट आइरहेको प्र.१–०२–०४७ प ३९९३ नम्बरको स्कुटी सोही बसमा ठोक्किँदा स्कुटी चालक सुमना राई र पछाडि सवार सुबास राई घाइते भएका छन्।

घाइतेहरूलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लगिएको छ। दुर्घटनामा संलग्न तीनवटै सवारीसाधन अस्थायी प्रहरी चौकी तिनकुनेको नियन्त्रणमा राखिएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीले घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।-बेतना दैनिक

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।