विराटनगर महानगरको समन्वयमा लैंगिक हिंसा प्रभावितका लागि आर्थिक सशक्तिकरण कार्यक्रम

विराटनगर । लैंगिक हिंसा प्रभावितका लागि विराटनगर महानगरमा आर्थिक सशक्तीकरण परियोजना शुभारम्भ बैठक सम्पन्न भएको छ ।

महानगरको समन्वय तथा ओरेकको आयोजना र यूएनएफपीएको आर्थिक सहयोगमा परियोजना सञ्चालन हुन लागेको हो । त्यसका लागि महानगरसहितका सरोकारवालासँग बैठक बसेर तयारी अगाडि बढाइएको छ ।

लैंगिक हिंसा प्रभावितलाई आयआर्जन, रोजगारीमा पहुँच, आत्मसम्मानमा वृद्धि गरी हिंसाको चक्रबाट बाहिर निकाली सम्मानजनक जीवन जिउन सहयोग गर्ने परियोजनाको उद्देश्य रहेको छ । जसले उनीहरूको निर्णय क्षमतामा वृद्धि, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षामा पहुँच भई पुनः हिंसाको जोखिम न्यूनीकरण हुने यूएनएफपीएका प्रतिनिधि सरोज भुषालले बताए ।

कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र दुलालले परियोजनाको लक्ष्य अत्यन्तै राम्रो रहेको बताए । लैंगिक हिंसा प्रभावितका लागि परियोजनाले अघि सारेको योजना निकै पवित्र रहेको उनको भनाइ थियो । परियोजना सफल बनाउन महानगरका तर्फबाट सहयोग रहने उनले प्रतिबद्धता जनाए । महानगरको कानुन शाखाकी प्रमुख शारदा थपलियाले महानगरको न्यायिक समितिसँग समन्वय गरेर अगाडि बढ्न आग्रह गरिन् ।

न्यायिक समितिमा पनि लैंगिक हिंसा पीडितहरू पनि आउने गरेको थपलियाले सुनाइन् । गैसस मोरङकी अध्यक्ष विष्णु शर्माले परियोजनाको लक्ष्य निकै राम्रो रहेको बताइन् । महिला–पुरुष दुवै लैंगिक हिंसाबाट पीडित हुन सक्ने बताउँदै अध्यक्ष शर्माले वास्तविक पीडितले परियोजनाबाट लाभ पाउनुपर्नेमा जोड दिइन् ।

शाही नर्वेली दूतावासको आर्थिक सहयोग रहेको परियोजना कोशी प्रदेशको विराटनगर महानगरपालिकासहित उदयपुरको त्रियुगा र कटहरी नगरपालिकामा सञ्चालनमा आउन लागेको हो । आगामी ७ महिनाका लागि तीन पालिकाका लागि ‘पाइलट फेज’का रुपमा परियोजना सञ्चलन हुनेछ ।

सो अवसरमा महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख रामप्रसाद ढुंगेल, सामान्य प्रशासन महाशाखा अर्जुन थपलिया, राजस्व महाशाखा प्रमुख सरोज गौतम, आर्थिक प्रशासन महाशाखा प्रमुख संजीव भट्टराई, महिला तथा बालबालिका शाखाकी मञ्जु लोहनी, जिल्ला प्रहरी कार्यालय मोरङको महिला सेल प्रमुख रुचिता चौधरी, ओसीएमसीको सम्पर्क व्यक्ति अनिताकुमारी राउतलगायतले परियोजनाका विषयमा आ–आफ्ना धारणा राखेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।