देश, नागरिक र संगठनको आवश्यकतालाई महसुस गरी गर्वका साथ प्रहरी सेवा प्रदान गर्न प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङको निर्देशन

विराटनगर, असोज २७ गते । संगठन प्रमुख प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको निरीक्षण भ्रमण गर्नु भएको छ ।

असोज २७ गते निरीक्षण भ्रमणको सिलसिलामा पाल्नु भएका संगठन प्रमुख खापुङलाई कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्‍वर कार्की लगायत प्रहरी अधिकृतहरुले स्वागत गर्नु भएको थियो । संगठन प्रमुख खापुङलाई प्रहरीको एक टुकडीले सलामी अर्पण गरेको थियो भने वहाँले अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्नुका साथै परिसरमा रहेको पलान्चोक भगवती मन्दिरमा पूजा अर्चना गर्नु भई कार्यालय परिसरमा बृक्षारोपण समेत गर्नुभएको थियो ।

निरीक्षण भ्रमणको क्रममा पाल्नु भएका खापुङले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको निरीक्षण गर्नुका साथै कार्यालयको सभाहलमा उपस्थित प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिनु भएको छ । वहाँले देश, नागरिक र संगठनको आवश्यकतालाई महसुस गरी गर्वका साथ प्रहरी सेवा प्रदान गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भयो ।

प्रहरी संगठनले विगत देखिनै बिभिन्न आरोह, अवरोह, उतार चढाव पार गर्दै संगठनको गरिमालाई सदैव उच्च बनाउदै आईरहेको सन्दर्भमा देश, नागरिक र प्रहरी संगठन विरुद्ध हुने अपराधिक गतिविधिलाई कानूनी दायरामा ल्याउन नेपाल प्रहरी सदैव कटिवद्ध रहनु पर्ने बताउनु भयो । प्रहरीको आचरण र व्यवहारमा सुधारल्याई आदेश निर्देशनको पालना गरी आपसी भाईचाराका साथ नकारात्मक सोच र विचारलाई त्यागी प्रहरी संगठनको गरिमा र श्रीवृद्धिमा आफ्नो योगदान दिन निर्देशन दिनु भयो ।

कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख कार्कीले सम्पूर्ण प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउन अमुल्य निर्देशन तथा हौसला प्रदान गर्नु भएकोमा संगठन प्रमुख प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङलाई हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्नु हुँदै आदेश निर्देशनको सम्पूर्ण प्रहरी कर्मचारीहरुले अक्षरस पालना गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

निर्देशन सम्वोधन कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक गोबिन्द अधिकारी, नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रहरी वरिष्ठ उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयाल, कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दिपक पोख्रेल, नेपाल प्रहरी बिशेष सुरक्षा गण दुहबी, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, प्रदेश प्रहरी गण विराटनगर, जिल्ला प्रहरी कार्यालय झापा, मोरङ, सुनसरी, उदयपुर र धनकुटाका प्रमुखहरु, सिनियर तथा जुनियर प्रहरी अधिकृत लगायत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।