उर्लाबारीकी सम्झना मोक्तान (कौसिला) पथरी शनिश्चरेमा अचेत अवस्थामा फेला,परिवार सम्पर्कमा आउन आग्रह
पथरी । पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ९ शनिश्चरे चोकमा एक महिला अचेत अवस्थामा फेला परेकी छन्।
आफु उर्लाबारी–६ घर रहेको बताउने उक्त महिलाले आफ्नो नाम संझना मोक्तान (कौसिला) र बुबाको नाम नर बहादुर तामाङ बताएको जानकारी दिएकी छन्।
स्थानीयले देखेपछि खबर गरिएको आधारमा प्रहरी चौकी शनिश्चरेले उनलाई उद्धार गरी आवश्यक पहल थालेको छ। हाल प्रहरीको संरक्षणमा राखिएकी मोक्तानको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।
प्रहरीका अनुसार उद्धार गरिएको महिला निरन्तर परिवारको खोजीमा रहेको बताउँदै, सम्भावित परिवारजन वा चिन्ने–जान्ने जो कोहीले तत्काल प्रहरी चौकी शनिश्चरेसँग सम्पर्क गर्न अनुरोध गरिएको छ।


