ओखलढुङ्गामा एकल महिला आफ्नै घरमा मृत फेला
ओखलढुंगा । ओखलढुङ्गामा एकल महिला आफ्नै घरमा मृत फेला परेकी छन् ।
सिद्धिचरण नगरपालिका–४ चार्खुकी ५२ वर्षीया रत्नकुमारी कट्वाल कार्की सोमबार बिहान आफ्नै घरमा मृत अवस्थामा फेला परेकी हुन् ।
घरमा एक्लै बस्दै आएकी कार्कीको शव शङ्कास्पद अवस्थामा भेटिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।


