मोरङको कटहरीमा प्रेमिकाले काटिदिइन प्रेमिको लिंग

मोरङ । मोरङको कटहरी गाउँपालिका–२ आदर्श टोलमा सोमबार साँझ एक पुरुषको लिंग काटिएको घटना सार्वजनिक भएको छ।प्रहरीका अनुसार ३२ वर्षीय कामत थरका पुरुष आफ्नो महिला साथीलाई भेट्न पुगेका बेला सोही महिलाले धारिलो हतियार प्रयोग गरी उनको लिंग काटिदिएकी हुन्। गम्भीर घाइते भएका ती पुरुषलाई अहिले विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा आईसीयूमा राखी उपचार भइरहेको छ।

अस्पतालका चिकित्सकका अनुसार धारिलो हतियारले प्रहार हुँदा लिंगमा गहिरो चोट लागेको र चुँडिन लागेको अवस्थामा उपचार भइरहेको हो। प्रारम्भमा उनलाई कोशी अस्पतालमा लगिएको थियो तर अवस्था गम्भीर भएपछि थप उपचारका लागि नोबेल रिफर गरिएको हो।

घाइते पुरुष मोरङको जहदा गाउँपालिका–३ निवासी हुन्। उनका घरमा श्रीमती र तीन सन्तान रहेको परिवारजनले बताएका छन्।प्रहरी अनुसन्धान अनुसार सोही वडाकी महिला कटहरीको आदर्श टोलमा डेरा गरी बस्दै आएकी थिइन्। ती महिलासँग पुरुषको विवाहेतर सम्बन्ध रहेको बताइएपछि सोमबार साँझ उनीहरूबीच विवाद हुँदा घटना भएको देखिएको छ।

घटनापछि ती महिला पनि बेहोस भएकी थिइन् र उनलाई उपचारका लागि कोशी अस्पताल पुर्‍याइएको थियो। होस फर्किएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार प्रारम्भिक अनुसन्धानमा सम्बन्धजन्य विवादकै कारण घटना भएको देखिए पनि, घटनाको वास्तविक कारण पत्ता लगाउन थप अनुसन्धान भइरहेको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।