सुनसरी र मोरङबाट प्रतिबन्धित लागू औषध सहित तीन जना पक्राउ

विराटनगर, असोज २८ गते । सुनसरी र मोरङ जिल्लाको बिभिन्न स्थानहरुबाट प्रतिबन्धित लागू औषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

असोज २७ गते साँझ अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको प्रहरी टोलीले प्र.१-०५-००१ ह ०१४७ नम्बरको अटोमा सवार उदयपुरको त्रियुगा नगरपालिका-७ का १९ बर्षीय दिपक मगरले बोकेको झोलाबाट लागू औषध ट्रामाडोल ३ हजार ९ सय ९० ट्याब्लेट र डिकोलिक ३ हजार ९ सय ९० ट्याब्लेट फेला पारे संगै अटो चालक त्रियुगा-१० का ३३ बर्षीय फिरोज मोहमदलाई समेत नियन्त्रणमा लिएको हो ।

यसैगरी मोरङको इलाका प्रहरी कार्यालय रानीले विराटनगर महानगरपालिका-१६ स्थितबाट ५६ मिलिग्राम लागू औषध ब्राउन सुगर सहित विराटनगर-११ का २८ बर्षीया रन्जिता राय अमातलाई नियन्त्रणमा लिएको हो भने मोरङको इलाका प्रहरी कार्यालय बुधनगरको प्रहरी टोलीले विराटनगर-१८ ICP सडक खण्डमा प्र.१-०२-००४ ह ८२७० नम्बरको सिटिसफारीमा बेबारीसे अवस्थामा राखेको ३० किलोग्राम लागू औषध गाँजा बरामद गरे संगै सिटी चालकको खोजतलाश भई रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।