विराटनगरमा “७० औं प्रहरी दिवस २०८२” को अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

विराटनगर, असोज २९ गते । “ ७० औं प्रहरी दिवस २०८२” को अवसरमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको आयोजना तथा विराट मेडिकल कलेज टिचिङ हस्पिटल विराटनगरको प्राबिधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

असोज २९ गते कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्‍वर कार्कीको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि कार्कीले पहिलो रक्तदाता प्रहरी वरिष्ठ उपरीक्षक दिपक पोखरेललाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्‍घाटन गर्नुभएको थियो ।

रक्तदान कार्यक्रममा प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरु लगायत प्रहरी जवान आधारभुत तालिमका प्रशिक्षर्थीहरु समेतले रक्तदान गरेका थिए ।

उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्र रानी विराटनगरका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक गोबिन्द अधिकारी, नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयाल, कोशी प्रदेश प्रहरी गण रानी, नेपाल प्रहरी विषेश सुरक्षा गण दुहबी, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यावस्थापन इटहरी, जिल्ला प्रहरी कार्यालय मोरङ र सुनसरीका प्रमुखहरु, सिनियर तथा जुनियर प्रहरी अधिकृत लगायत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।