इटहरीमा स्कारपियोले ठक्कर दिंदा विराटनगरका एक जनाको मृत्यु

इटहरी । इटहरी उपमहानगरपालिका–९ साथी पेट्रोलपम्प नजिक कोशी लोकमार्गमा भएको सवारी दुर्घटनामा एक पैदलयात्रीको मृत्यु भएको छ ।

बुधवार बेलुका करिब ७ः२० बजेतिर इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको को २ च ८६३ नम्बरको स्कारपियोले बाटो काट्दै गरेका पैदलयात्रीलाई ठक्कर दिएको हो ।

ठक्करबाट विराटनगर–१२ घर भई इटहरीस्थित भवानी प्लाई फ्याक्ट्रीमा काम गर्दै आएका ४० वर्षीय अच्युतप्रसाद बरालको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका उनीलाई इटहरी अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो ।

उपचारका क्रममा साँझ करिब राति ९ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न स्कारपियो र चालक मोरङ सुन्दरहरैंचा–८ निवासी २२ वर्षीय संजय सग्रौलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मृतकको शव अहिले बीपी प्रतिष्ठानमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖