बाजुरामा बस दुर्घटना, तीन जना घाइते

बाजुरा । हुम्लाबाट सुर्खेत जाँदै गरेको बस बाजुराको जगन्नाथ गाउँपालिका–३ बेर्मा बजार नजिकैको भलिया बगरमा दुर्घटना भएको छ।

हुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०८९० नम्बरको बस दिउँसो करिब १२ः११ बजे अनियन्त्रित भई दुर्घटनामा परेको भएको हो।

दुर्घटनामा तीन जना यात्रु घाइते भएका छन्। घाइतेहरूमा मुगु जिल्ला रारा छायानाथ नगरपालिका–३ का १८ वर्षीय विशाल बिक, दैलेख जिल्ला दुल्लु नगरपालिका–२ की दिपा सोनाम, र बाजुरा जिल्ला जगन्नाथ गाउँपालिका–६ की ४५ वर्षीया प्रेमकला दमाई रहेका छन्। घाइतेहरूको अवस्था सामान्य रहेको र उनीहरूको उपचार बेर्मा बजारस्थित गोपाल मेडिकलमा भइरहेको प्रहरीले जनाएको छ।

बसका चालक सुर्खेत जिल्ला भेरीगंगा नगरपालिका–११ का दिपक बिक रहेका छन्। बसमा २३ जना यात्रु सवार रहेको बताइएको छ। दुर्घटनाको विस्तृत विवरण र कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।