लेटाङकी १२ वर्षीया अंशु गौतम आठ दिनदेखि बेपत्ता
लेटाङ । मोरङ्को लेटाङ नगरपालिका–२ स्कुलचोककी १२ वर्षीया अंशु गौतम ८ दिनदेखि बेपत्ता भएकी छन्।
असोज २२ गते बुधबार साँझ एक्कासी घरबाट हराएकी अंशु अहिलेसम्म फेला परेकी छैनन्।
परिवारका अनुसार अंशु साँझतिर घरबाट निस्किएपछि सम्पर्कविहीन भएकी हुन्।
लगातार खोजी गर्दा पनि पत्ता नलागेपछि परिवारले प्रहरीमा उजुरी दिएका छन्।


