मृत्यु भइसकेका व्यक्तिहरूको नाममा सामाजिक सुरक्षा भत्ता निकासी

कैलाली । कैलालीको जनकी गाउँपालिकामा मृत्यु भइसकेका व्यक्तिहरूको नाममा सामाजिक सुरक्षा भत्ता निकासी गरी करिब ७३ लाख रुपैयाँ अनियमितता गरिएको खुलेको छ।

मृतकका नाममा भत्ता वितरण गरिएको तथ्य बाहिरिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सो प्रकरणमा ८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको जनाएको छ।

अख्तियारका अनुसार अनियमिततामा गाउँपालिका–९ का अध्यक्ष खगेन्द्र भण्डारी, वडा सचिव प्रम बहादुर बुढा, कार्यालय सहयोगी सोनम कठरियाल, वडा सदस्य कल्पना खड्का, सुनकोसा साकी, बिजय बहादुर रावल, शेर बहादुर विश्वकर्मा र खरिदार पूर्णबहादुर बिष्ट संलग्न छन्। उनीहरूले मृतक लाभग्राहीका नाममा स्वयंले औँठाछाप लगाएर भत्ता निकासा गरेको प्रमाण फेला परेको अख्तियारले जनाएको छ।

अनुसन्धानपछि अख्तियारले उनीहरूविरुद्ध ७३ लाख ३७ हजार ६२७ रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको हो।

सामाजिक सुरक्षाका नाममा गरिब, वृद्ध र असहायका लागि वितरण गरिने भत्ता योजना दुरुपयोग भएको यस घटनाले फेरि एकपटक स्थानीय तहमा व्यापक भ्रष्टाचारको समस्या उजागर गरेको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।